काठमाडौँ उपत्यकामा शुक्रबार रातिदेखि जोरविजोर प्रणाली
मकालु खबर
२०७८ माघ ६ गते
काठमाडौँ । काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बिहिबार बसेको बैठकले भोलि (शुक्रबार) मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
बैठकले दुई पाङ्गेसहितका निजी तथा सार्वजनिक सवारी साधानहरु जोर गते जोर र बिजोर गते विजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ ।
स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुने छैन ।
मकालु खबर
२०७८ माघ ६ गते
प्रतिक्रिया
सम्बन्धित