कर्मचारीमा कोरोना देखिएपछि ललितपुर महानगरका सेवा ठप्प
मकालु खबर
२०७८ माघ १० गते
ललितपुर । ललितपुर महानगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजदेखि अत्यावश्यक बाहेकका सेवा पाँच दिन ठप्प हुने भएका छन् । महानगरले आइतबार विज्ञप्तिमार्फत् अत्यावश्यक बाहेक सेवा बन्द गर्ने जानकारी दिएको हो ।
महानगरले स्वास्थ्य सेवा, दमकल, शव वाहन, एम्बुलेन्स, सरसफाइ र नगर प्रहरी लगायतका सेवा भने सुचारू रहने जनाएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएको र हाल उनीहरू उपचार तथा आइसोलेसनमा रहेकाले सबै सेवा बन्द गर्नु परेको महानगरले विज्ञप्तिमा उल्लेख गरेको छ ।
मकालु खबर
२०७८ माघ १० गते
प्रतिक्रिया
सम्बन्धित