धनगढीमा एकजना कोरोना संक्रमितको मृत्यु

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचार गराइरहेका धनगढी उपमहानगरपालिका–१ का ७७ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती पुरुषको आइसीयूमा राखेर उपचार भइरहेको थियो । उनमा माघ ६ गते कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *