कर्णालीमा तीनै जना सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी

सुर्खेत । कर्णाली प्रदेशमा तीनजना राष्ट्रिय सभा सदस्यका लागि भएकाे निर्वाचनमा सबै पदमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवारले नेकपा एमालेका उम्मेदवारलाई हराएका हुन् । निर्वाचन अधिकृत दुर्गा चालिसेका अनुसार सत्तारुढ गठबन्धनकाबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत), माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) र  नेकपा एकीकृत समाजवादीका उदय बोहोरा (सल्यान) विजयी भएका छन् ।

नेकपा एमालेका गंगा थापा महत (जुम्ला), पदमबहादुर माझी (दैलेख) र चुडामणि शर्मा (सुर्खेत) लाई पराजित भएका छन् । महिलातर्फ विजयी गुरुङले १०९ मत प्राप्त गरेकी छन् । भने एमालेकी गंगा थापा महतले ४४  मत मात्र प्राप्त गरेकी छन् । यस्तै अपांग र अल्पसंख्यकतर्फ विजयी नरबहादुर विष्टले १११ मत प्राप्त गर्दा एमालेका पदमबहादुर माझीले ४३ मत प्राप्त गरेका छन् । खुलातर्फ विजयी उदय बोहोराले १११ मत प्राप्त गरे भने  एमालका चुडामणि शर्माले ४४ मत प्राप्त गरे ।

मतदानमा कुल १९१ मतदाता मध्ये १८९ जनाले मतदान गरेका थिए । जसमा प्रदेश सभा सदस्यहरूको ३५ मतमध्ये ३४ जनाले मतदान गरेका थिए । भने पालिका सदस्यहरूबाट १५६ मतमध्ये १५५ मत खसेको थियो । खसेको मतमध्ये महिलातर्फ २ मत बदर भएको थियो भने प्रदेशतर्फ १ मत खालि थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *