भिजिट भिसामा उत्पन्न समस्याबारे अध्ययन गर्न समिति बन्याे
काठमाडौँ । भिजिट भिसा र त्यसबाट उत्पन्न हुने समस्याबारे अध्ययन गर्न समिति बनेकाे छ ।
गृह मन्त्रालयले सहसचिव तथा प्रवक्ता फणीन्द्रमणि पोखरेलको अध्यक्षतामा भिजिट भिसामा खाडी मुलुक गएर कठिनाइ भोगिरहेको सन्दर्भको विश्लेषण तथा भिसाबाट उत्पन्न समस्याबारे अध्ययन गर्न समिति गठन गरेकाे हाे ।
समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल प्रहरी, अध्यागमन विभाग तथा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका प्रतिनिधिहरूकाे समेत सहभागिता रहने गृहमन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयले विज्ञप्तिमा श्रमिकहरू विदेशमा रहँदा भोगेका समस्या समाधान गर्ने लगायतका विषयमा पनि सुझाव सहितको प्रतिवेदन पेश गर्न भनेकाे छ । ‘नेपाली युवाहरू भिजिट भिसा प्रयोग गरी दुबई लगायतका खाडी मुलुकमा गई विभिन्न कठिनाइ भोगिरहेको सन्दर्भको विश्लेषण गरी भिजिट भिसा र सोबाट सृजित समस्याको विषयमा अध्ययन गरी कार्यान्वयनको ठोस योजना पेस गर्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा समिति गठन गरेको छ,’ मन्त्रालयले बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।