मेगा क्यापिटलले ल्यायो प्रमोटर सेयर कारोबार सहजीकरण सेवा
काठमाडौँ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले सूचीकृत कम्पनीको प्रमोटर सेयर कारोबार सहजीकरण गर्ने सेवा सुरु गरेको छ । कम्पनीले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लघुवित्त, जलविद्युत्, तथा उत्पादनमूलक कम्पनीको संस्थापक सेयर खरिद(विक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको हो ।
यसकालागि इच्छुक लगानीकर्ताले घरैमा बसी मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन नम्बर ९८५१०६७५७८ वा इमेल [email protected] वा मेगा क्यापिटल मार्केट्सको फेसबुकमा म्यासेन्जर मार्फत् म्यासेज पठाउन सक्ने कम्पनीले जनाएको छ ।
धेरै लगानीकर्ताहरुले प्रमोटर सेयर (संस्थापक सेयर) साधारण सेयर जस्तो दोस्रो बजारमा सजिलै बिक्रीगर्न असमर्थता र असहजताले शेयर सम्पत्ति बन्धक भएका र आवश्यकता अनुसार बिक्री गरेर आर्थिक आवश्यकता पूरा गर्न नसकेका बिक्रेता र लगानीको अवसर खोजिरहेका अन्य लगानीकर्ताहरु बीच किनबेच र सेयर हस्तान्तरणमा सहजीकरण सेवाको आवश्यकतालाई मनन् गर्दै मेगा क्यापिटलले सेयर बजारमा यो नयाँ सेवाको सुरुवात गरेको हो ।
यसले पक्कै हाम्रा ग्राहक, शुभचिन्तक तथा प्रमोटर सेयर खरिद–बिक्रि गर्न इच्छुक लगानीकर्ताहरुलाई ठूलो राहत मिल्ने कम्पनीले जनाएको छ ।