सार्वजनिक यातायातमा जोर-बिजोर हटाउन सिफारिस, निजीमा भने कायमै
मकालु खबर
२०७८ माघ १४ गते
काठमाडौँ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले (सीसीएमसी) सार्वजनिक सवारीमा लागू गरिएकाे जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।
उपत्यकामा माघ ८ गदेदेखि लागू भएकाे जोर-बिजोर प्रणाली हटाउन सीसीएमसीले सिफारिस गरेकाे हाे । उपत्यकाका प्रशासनले लागू गरेकाे जाेर-बिजाेर प्रणालीकाे जनस्तरबाट तीव्र आलाेचना भएपछि सीसीएमसीले यस्ताे सिफारिस गरेकाे हाे ।
जोर-बिजोरले सार्वजनिक सवारीमा झनै भिड बढेको र यसले कोरोना नियन्त्रण गर्न सहयोग नपुर्याएको प्रशासनकाे आलोचना भएकाे थियाे । सीसीएमसीले निजी सवारी र ट्याक्सीमा भने जोर-बिजोर कायमै राख्न भनेकाे छ ।
मकालु खबर
२०७८ माघ १४ गते
प्रतिक्रिया
सम्बन्धित