किन घट्यो जनसंख्या वृद्धिदर ?

काठमाडौँ । सरकारले राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा बुधबार सार्वजनिक गरेको छ । केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक विवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । जनसंख्याको वार्षिक वृद्धिदर ०.९३ प्रतिशत रहेको छ भने जनसंख्याको अत्यधिक भार सहर र तराईमा देखिएको छ । बढ्दो शैक्षिक अवस्था, घट्दो प्रजनन दर, बढ्दो बाह्य बसाइँ सराइ, सामाजिक चेतनामा वृद्धि, लैङ्गिक विभेदमा आएको कमी तथा विवाहको सरदर उमेर बढ्दा जनसंख्याको सरदर वार्षिक वृद्धिदर प्रभावित भएको जनसङ्ख्याविद्ले बताएका छन् । यसबारेमा मकालुखबरकर्मी हरि भट्टले जनसंख्याविद् प्रा. केशव अधिकारीसँग गरेको कुराकानी :-

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा पनि कम भएको छ । खासमा यसका कारणहरू चाहिँ के हो ?
जनसंख्या वृद्धिदर घट्नु स्वाभाविक हो । घट्नु नै पर्ने हो । नेपालीहरूको प्रजनन दर घटिरहेको छ । शिशु तथा बाल मृत्युदर घटेर निकै तल पुगेको छ । शिक्षा, स्वास्थ्य लगायतका कुरामा आएको सुधारका कारणले पनि धेरै बच्चाबच्ची जन्माउनेभन्दा एक दुई जनालाई नै गुणस्तरीय सन्तान बनाउनेतिर परिवारहरू लागेका छन् ।

समाज परिवर्तन हुँदा जनसंख्या वृद्धिदर स्वतः घट्ने हो । तर हाम्रो जुन तरिकाले घटेको छ अलि बढी जस्तो देखिएको छ । बढी जस्तो देखिनुमा एउटा हाम्रा ठूला शहरहरूमा बढी जनसंख्या भएको छ । गणकहरू पहिलेको अनुभव र सामाजिक क्षेत्रमा घुलमिल कम भएकालाई छनोट गरिएको हो कि भन्ने आशंका छ । उनीहरू सबै घर घरमा पुग्न सकेनन् की सबैलाई समेट्न सकेनन् की भन्ने आशंका पनि छ, खास गरी शहरी क्षेत्रमा । ग्रामीण क्षेत्रमा घर पत्ता लगाएर जान वा को कहाँ छ ? को छुट्यो ? को छुटेन ? भन्ने कुरा वरपरको सबै मान्छेले भन्छन् ।

अर्को कुरा, कामका लागि पढाइका लागि बाहिर जाने क्रम छ । जनगणनामा ६ महिना वा सो भन्दा बढी लगातार देशमा वा घर भन्दा बाहिर छ भने उ जहाँ छ त्यही ठाउँमा गणना हुन्छ । घर बाहिरको जनसंख्या को हो, घर बाहिर भएको कतिजना परिवारका सदस्यहरू छन् । यसको बारेमा तथ्याङ्क लिइन्छ । तर उसलाई कुल जनसंख्यामा राखिँदैन । त्यो कारण पनि जनसंख्या वृद्धिमा कमी आउनुको कारण हो भन्ने देखिन्छ । जनसंख्या वृद्धिदरमा कमी आउनुको मुख्य कारण प्रजनन दरमा उल्लेखनीय कमी आउनु, बाहिर बसाइसराइ हुनु । बाहिर गएका मानिसहरू घर परिवारको सदस्य भएता पनि देशको हाल मौज्दात जनसंख्यामा गणना नगर्नु यो सैद्धान्तिक चलन नै हो । अर्को जीवनस्तरमा आएको सुधार लगायत कारण हुन् । यस्तै, गणकहरू घरमा नपुग्नु र विदेशमा भएकालाई गणना नगर्नुले पनि केही कमी आएको मान्न सकिन्छ ।

पहिला हामी सानो हुँदा एउटा लालटिन वा बत्ती बालेर भार पाँच जना गुन्द्री ओछ्याएर, एउटा बत्तीको वरिपरि बसेर पढिन्थ्यो । अहिले एकजना बच्चालाई अलग्गै चाहिन्छ पढ्नलाई । ऊसँग अर्को कोही भयो भने मलाइ डिस्टर्ब भयो भन्छ । त्यस्तो कारणले पनि स्वतः आर्थिक भार बढ्यो । यस्ता कारणहरू पनि छन् वृद्धिदर घट्नुमा ।

अर्कोतिर, बढ्दो महँगी र आर्थिक कारणले पनि वृद्धिदर घटेको मान्न सकिन्छ । जनसंख्या वृद्धिदरमा पहिलेका प्रजननसँग जोडिएका हाइपोथेसिस र सिद्धान्तहरू छन् । चाँडै उमेरदेखि बालबच्चाबाट आमाबुबाले फाइदा लिने उनीहरूको कमाइ खान पाउने अवस्था हुँदा प्रजनन दर उच्च हुन्छ भनिन्छ । जब आमाबुवाले बालबालिकामा लगानी मात्रै गर्छन्, उनीहरूको शिक्षा, स्वास्थ्य लगायतमा लगानी गर्नुपर्ने र बालबालिका हुर्केर आफ्नो काम वा पेसा व्यवसाय गर्न थालेपछि उनीहरूबाट आमाबुबाले आफ्नो सन्तान भएको सन्तुष्टि बाहेक अरू आर्थिक सन्तुष्टि उनीहरूबाट पाउँदैनन् । आर्थिक रूपले लाभ हुँदैन । पढाइ लेखाइ र स्वास्थ्य शिक्षा लगायत कुरामा मात्र लगानी गर्नुपर्ने हुँदा प्रजनन दर घट्न थाल्छ भन्ने जुन हाइपोथेसिस छ त्यो कुराहरू अब हाम्रोमा पनि लागू हुन लागेको जस्तो देखिन्छ ।

पहिला हामी सानो हुँदा एउटा लालटिन वा बत्ती बालेर भार पाँच जना गुन्द्री ओछ्याएर, एउटा बत्तीको वरिपरि बसेर पढिन्थ्यो । अहिले एकजना बच्चालाई अलग्गै चाहिन्छ पढ्नलाई । ऊसँग अर्को कोही भयो भने मलाइ डिस्टर्ब भयो भन्छ । त्यस्तो कारणले पनि स्वतः आर्थिक भार बढ्यो । यस्ता कारणहरू पनि छन् वृद्धिदर घट्नुमा ।

कतिपय ठाउँमा त जनसंख्याभन्दा मतदाता बढी भएको कुरा पनि आयो, यो कसरी हुन्छ ?
मनाङको जनसंख्या मतदाताभन्दा बढी छ । यो बसाइसराइको कारणले हो वा अन्य कुनै कारणले हो । लगातार ६ महिना वा सोभन्दा बढी त्यो गाउँमा नबसेको मानिसलाई त्यो गाउँमा गणना गरिँदैन । अहिले अवसरको खोजीमा, पढाइ वा अन्य कारणले शहरतिर राजधानीतिर बस्ने क्रम बढेको छ । धेरैजसो पहाडी जिल्लाहरूबाट काठमाडौँमा बस्ने क्रम बढेको छ । व्यापार व्यवसाय अथवा जीविकोपार्जन, अध्ययन आदिका अवसर काठमाडौँ र शहरहरूमा छन् । तर मतदाता नामावलीमा उतै राखिराखिने भयो । त्यहाँको राजनीतिमा आफ्नो होल्ड बनाउने चलनका कारण पनि यस्तो हुने गर्छ । त्यसैले मतदाता संख्या जनसंख्याभन्दा बढी सम्भव छ ।

औसत उमेर बढेको र जनसंख्या घटेको छ । यसले भविष्यमा के प्रभाव पार्छ ?
उमेर र लिङ्गको अनुसारको जनसंख्याको विवरण आएको छैन । उमेरगत संरचना कस्तो भयो । लैङ्गिक करिब ४८ प्रतिशत पुरुष र करिब ५१ प्रतिशत महिला भनेर आएको छ । तर उमेर अनुसारले लैङ्गिक अनुपात, उमेर अनुसारको संरचना, लगायतको तथ्याङ्क आएपछि यसबाट विभिन्न विश्लेषण र प्रक्षेपण गर्न सकिन्छ । आर्थिक रूपले सक्रिय छ वा काम गर्ने उमेर समूहको जनशक्ति सबैभन्दा बढी हुने समूह नै अर्को जनगणना वर्षमा घट्छ । यो जनगणनाले के देखाउँछ भने २०५८ र २०६८ को बिचमा १० वर्ष मुनीका बालबालिका वार्षिक वृद्धिदर संख्या घटेको थियो र वार्षिक वृद्धिदर नै घटेको थियो । माइनसमा गएको थियो । ३२ जिल्लामा क्रियात्मक जनसंख्या वृद्धिदर भन्छौँ । पहिला २७ थियो अहिले ३२ भयो भनिएको छ । तर १० वर्ष मुनिको उमेरगत संरचना वार्षिक वृद्धिदर माइनसमा थियो भनेर अहिलेसम्म बहस गरेका छैनौँ ।

अब त्यसले के देखाउँछ भने हाम्रो प्रजनन दर उल्लेखनीय तरिकाले घटेको हो । त्यो घटेकोले जन्मेका बालबालिकाको बाँच्ने सम्भावना पछिल्लो उमेर समूहमा बढेर गएको छ । उच्च प्रजनन दर भएका बेलाको जुन मान्छेहरूको ठूलो आकार थियो । मान्छेहरू बिस्तारै बिस्तारै अहिले काम गर्ने उमेरमा छन् । आर्थिक रूपले सक्रिय जनसंख्या अबको १० वर्ष पछाडि ती मान्छेहरू सबै बुढ्यौली उमेरमा जान्छन् । बुढ्यौली उमेरको संख्या बढ्दै गइरहेको छ । वृद्धवृद्धाको लागि गरिएका सामाजिक सुरक्षाका कार्यक्रमहरूमा अलिकति सोच्नुपर्ने देखिन्छ । सोच्ने कसरी भन्दा कुन उमेरकालाई आर्थिक रूपमा सक्रिय बनाउने । पेसा व्यवसाय गर्न, राज्यले रोजगार दिने क्रम घट्दै गएको छ । सङ्गठित क्षेत्रबाट पनि घट्दै गएको छ । अनौपचारिक क्षेत्रमा बढी रहेको देखिएको छ । अनौपचारिक क्षेत्रमा काम गर्ने, पेसा व्यवसाय गर्ने चलन बढी छ ।

हाम्रो प्रजनन दर उल्लेखनीय तरिकाले घटेको हो । त्यो घटेकोले जन्मेका बालबालिकाको बाँच्ने सम्भावना पछिल्लो उमेर समूहमा बढेर गएको छ । उच्च प्रजनन दर भएका बेलाको जुन मान्छेहरूको ठूलो आकार थियो । मान्छेहरू बिस्तारै बिस्तारै अहिले काम गर्ने उमेरमा छन् । आर्थिक रूपले सक्रिय जनसंख्या अबको १० वर्ष पछाडि ती मान्छेहरू सबै बुढ्यौली उमेरमा जान्छन् ।

अहिले समाज आधुनिकीकरण हुँदै गएपछि विश्वव्यापी हुँदै जाँदा पेसा व्यवसाय सबै निजी क्षेत्रमा र अनौपचारिक क्षेत्रमा गएका छन् । अनौपचारिक क्षेत्रमा काम गर्ने वृद्धवृद्धाहरुको संख्या कति हुन्छ र उहाँहरूलाई कसरी सक्रिय बनाउने, वृद्धवृद्धाहरुको सक्रिय बुढेसकाल तिर ध्यान दिनुपर्ने देखिन्छ । व्यवस्थापनको कुरामा ध्यान दिनुपर्ने देखिन्छ । उमेरगत संरचनाले एउटा कुरा बिस्तारै नेपालको उमेरगत संरचनाको आधारमा जनसाङ्ख्यिक लाभ लिने वर्ष । अघिल्लो जनगणनाले तथ्याङ्कलाई विश्लेषण गर्दा सन् २०४७ बाट जनसंख्याको लाभ लिने बेला घट्दै जाने छ । तर अहिलेको जनगणनामा आएको उमेरगत संरचनाको विश्लेषण गर्ने हो भने २०४६ भन्दा अगाडि नै त्यो अवस्था आउँछ कि भन्ने देखिएको छ । जनसांख्यिक लाभ लिने अवस्था नेपालको हालको उमेरगत संरचना जस्तै उमेरगत संरचना हुँदा पूर्वी एसियाली मुलुकहरू सिङ्गापुर, मलेसिया, हङकङ, कोरियालगायतले आर्थिक वृद्धि गरेका थिए ।

त्यो आर्थिक वृद्धिदरमा जनसांख्यिक संरचना उमेरगत संरचनाको योगदान लगभग एकतिहाइ थियो । र बाँकी रहेको योगदान पुँजीगत लगानी प्रविधिको दुईतिहाइ थियो । हाम्रोमा यो उमेरगत संरचना यती स्वर्णिम युगमा आएको छ । तर यसको हामीले लाभ लिन सकेका छैनौँ । यो उमेरगत संरचना व्यापार वाणिज्य क्षेत्रको लागि स्वर्णिम युग हो । किनभने उनीहरूले प्रयोग सकियो भने उमेरगत संरचनाले आर्थिक वृद्धिलाई अगाडि बढाउँछ । यो उमेरगत संरचनाको मान्छेले शिक्षा, पेसा व्यवसाय लगायतले आयआर्जन आम्दानीको स्तर राम्रो देखिन्छ । उनीहरूको उपभोग अवस्था बढ्छ । बिस्तारै काम गर्ने मान्छे र वृद्धवृद्धाको लागि चाहिने उत्पादन बजारमा बस्तु आउँछन् ।

जनसंख्या वृद्धिदरलाई रोक्नुपर्ला कि अब थप घट्नबाट रोक्नुपर्ला कि ?
जनसंख्या वृद्धिदर अहिले जुन करिब एक प्रतिशतको देखिएको छ यसैलाई कायम गरि राख्न सकियो भने ठूलो उपलब्धि हुन्छ । यसलाई कायम राख्न सक्नु पर्‍यो । कतिपय मुलुकले प्रजनन दर घटाउन आक्रामक नीति ल्याए । नेपालमा पनि परिवार नियोजनका कार्यक्रमहरू गर्ने, कम बच्चा जन्माउनको लागि प्रेरित गरियो । जापान, सिंगापुरलगायत देशहरूले पनि त्यस्तै खालका नीतिहरू ल्याएका थिए तर उनीहरूले नीतिगत र कार्यक्रमगत गल्तीलाई कसरी सच्चाउने भनेर त्यतातिर लागेका छन् । कार्यक्रम र नीतिगतको प्रतिकुल प्रभाव परेको छ ।

युवा पुस्तालाई आफ्नो जीवनका लागि बाँच्ने अरूका लागि किन बाँच्ने भन्ने भयो भने सन्तान जन्माउनेतिर ध्यान दिएका छैनन् । नेपालमा पनि गर्भपतन गराउन कानूनी रूपमै छुट दिने भनेर नियम बनाइयो । तर, त्यो कानुनको मनपरी प्रयोग गरेर भ्रूणको परीक्षण गरेर पहिलो बच्चा नै छोरो पाउने छोरी भए जन्मन नदिने खालका कामहरू पनि हुने गरेको भनिन्छ । जन्मेका छोरा र छोरीमा विभेद कम हुँदै गएको छ । जन्मी सके पछि बराबर छ । पहिला जन्मे पछि विभेद थियो अब जन्मे पछि घटेको छ । तर जन्मन नदिने विभेद बढेको छ की भन्ने अनुमान छ । यसअघिका जनगणनामा सामाजिक आर्थिक कमजोर भएको जिल्लामा जन्मँदाको लैङ्गिक अनुपात कम देखिएको थियो । जनसंख्या वृद्धिदर घट्नुमा एउटा मात्र होइन धेरै पक्षको कारण हात हुन्छ ।

वृद्धिदर घट्न नदिन पहिला हाम्रो समाज सन्तानले डाँडाकाँडा ढाकुन् भनेर आर्सीवाद दिने चलन थियो । तर राज्यले सन्तान थाैरै पाउनु पर्छ, थोरै सन्तान जन्माउने बढी जन्माए यो अभिशाप हो भन्ने नीति ल्यायो । परिवारले पनि शिक्षा र स्वास्थ्य राम्रो अवसर भएपछि परिवारको आकार सानो बनाउन थालेका छन् । आफूले आफूलाई प्रतिस्थापन गरौँ भन्ने कार्यक्रम अगाडि बढाउनु पर्छ । यसो हुँदा दुई वटा सन्तान भए भने समाज स्थिर भएर बस्छ । जनसंख्याको वृद्धिदर पनि स्थिर हुन्छ ।

प्रतिक्रिया

2 thoughts on “किन घट्यो जनसंख्या वृद्धिदर ?

  1. Sir very nice response as every part of demographic events are pursued.The most interesting part is the demographic dividend and the consequences of the old age population due to decrement of growth rate.

Leave a Reply

Your email address will not be published. Required fields are marked *