थप ३,५४० जना काेराेना संक्रमित, चार दिनमा ३२ जनाकाे मृत्यु
मकालु खबर
२०७८ माघ १६ गते
काठमाडाैँ । नेपालमा आइतवार ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
९ हजार ९ सय १० जनाको पीसीआर परिक्षणका क्रममा ३ हजार ४९ जना र ३ हजार २ सय ३५ एन्टिजेन परीक्षणका क्रममा ४ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट विभिन्न अवधिमा सेनाले व्यवथापन गरेकोसहित ३२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । विभिन्न अवधिमा सेनाले व्यवस्थापन गरेकाे मृतकहरू संख्यासहित हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ७ सय ३२ जनाको मृत्यु भएको छ ।
त्यस्तै, थप ६ हजार ५ सय ५९ संक्रमित निको हुँदा नेपालमा ८ लाख ५४ हजार ७ सय १९ संक्रमित निको भएका छन् । हाल नेपालमा ८३ हजार ९ सय ९९ सक्रिय संक्रमित आइसाेलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
मकालु खबर
२०७८ माघ १६ गते
प्रतिक्रिया