थप ५,२९२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु
मकालु खबर
२०७८ माघ १७ गते
काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ५,२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालमा १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३,४७२ जना र ५,७२० जनाको एन्टीजेन परीक्षण गर्दा १,८२० जना गरी कुल ५,२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएके छ ।
यस्तै आज थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भने थप ८,१९१ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७९,२७२ पुगेको मन्त्रालयले जनाएको छ ।
मकालु खबर
२०७८ माघ १७ गते
प्रतिक्रिया
सम्बन्धित