नेपाल विश्वकपका लागि छनोट हुनेमा विश्वस्त छु : पुवुदु

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक पुवुदु दशानायकेले नेपालले विश्वकप छनोट हुनेमा आफू विश्वस्त रहेको बताए। उनले नेपालको तयारी अन्तिम चरणमा पुगेको भन्दै आफ्नो तर्फबाट शतप्रतिशत प्रयास गर्ने जानकारी दिए । उनले केही खेलाडीमो कोभिड देखिएपनि नेपालले अभ्यासमा कुनै कसर बाँकी नराखेको बताए । जुम मिटीङ मार्फत अन्तक्रिया गर्दै उनले खेलाडीको मिहिनेत र टीमको तयारीले नेपाल छनोट हुने विश्वास ब्यक्त गरे।

उनले अहिले टिम विश्वकप अघि हुने अभ्यास खेलमा थप खारिने बताए । उनले भने, ‘अहिले हाम्रो तयारीलाई शतप्रतिशत पुरा गर्नका लागि ओमानमा हुने चार देशिय क्रिकेट प्रतियोगिता महत्वपुर्ण हुने छ । त्यसले हाम्रो तयारीलाई थप परिष्कृत गर्ने छ।’ उनले उक्त सिरिज पछि नेपाली टीम थप मझबुत हुने विश्वास ब्यक्त गरे।

उनले नेपालका लागि विश्वकप छनोट राम्रो अवसर भएको भन्दै छनोटले अवसरका धेरै ढोका खोल्ने बताए। उनले आसन्न टी २० विश्वकपको ग्लोबल छनोट आफ्ना लागि मात्र नभएर पुरै टिमका लागि नै महत्वपुर्ण रहेको र त्यो सबै खेलाडीले बुझेको समेत बताए।

उनले बलिङ र ब्याटिङ दुबैमा नेपाल ब्यालेन्स टीम भएको भन्दै सबैले सक्दो मिहिनेत गरेको बताए। उनले भने, ‘हाम्रा खेलाडीहरुले अहिले निकै लगावका साथ अभ्यास गरिरहेक छन्। तर कोभिडका कारण केहि खेलाडी अभ्यासमा छैनन्। जतिसक्दो चाँडो उनीहरुपनि अभ्यासमा जोडिने छन्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *