शिक्षक अभाव कसरी हुन्छ ?

प्रायः जसो स्कुल कलेजमा देखिने र सुनिने र लोकसमाजमा सुनाउने कुरा के हुन्छ भन्दाखेरि शिक्षकको अभाव छ । राम्रो शिक्षक नै पाइँदैन । नयाँ शिक्षकहरू आउँछन् तर केही महिना पढाएर छोड्छन् । अन्तै जान्छन् । दैनिक पत्रिकाहरूको पाना पल्टाउँदा पनि प्रायः जसो समाचार शिक्षक अभावका कुराहरूले सजिएका हुन्छन् ।

एक तरिकाले शिक्षक अभाव भएको पनि हो । तर किन शिक्षक अभाव भयो भन्दाखेरि केही ‘पोलिसी’ र ‘लिडरसिप’को कमजोरी वा भनौँ शिक्षामा सरोकार राख्ने र प्रत्यक्ष स्कुल र कलेजको नेतृत्व गर्ने व्यक्तिको लिडरसिप लिने क्षमता अनि स्वार्थ प्रक्रियाले पनि हुन गएको हो ।

‘क्वालिटी’ शिक्षा दिने भनेर स्कुलले भनिरहेका हुन्छन् र त्यही अनुसार विभिन्न शीर्षकमा कार्यक्रम गर्नुपर्छ भनेर पनि भन्छन् । तर जब कुनै शिक्षकले नयाँ आइडिया अघि सार्छन् ‘म्यानेजमेन्ट’सँग तब म्यानेजमेन्टले यो-यो कारणले सम्भव छैन भनेर भन्छन् । ‘कहिले पैसाको अभाव, कहिले तपाईंको आइडिया गज्जब छ तर अहिले नगरौँ ।’ ‘परीक्षा आउनै लाग्यो बरू त्यसैमा फोकस गरौँ, पछि गरम्ला तपाईंले भनेका कुरा भन्छन् ।’ र, एउटा परीक्षा सकिन पाएको हुँदैन, विभिन्न विक्ली टेष्ट, मन्थ्ली एक्जामको कारणले गर्दा त्यो शिक्षकले चाहेको कुरा हुन सकिरहेको हुँदैन र उसलाई आफूले चाहेको नहुँदा मोटिभेसन कम हुन्छ र फेरि स्कुलका सरोकारवालाले पनि त्यो शिक्षकले गरेको योगदानको राम्रो मूल्यांकन नगर्दा पनि र साथ नदिँदा शिक्षकले स्कुल छोड्ने गर्छन र शिक्षकको अभावको सिर्जना हुन्छ ।

कतिपय नेतृत्वकर्तालाई आफ्ना स्टाफहरूसँग बोल्न आउँदैन । झर्केर बोल्छन् । आफ्नै कुरालाई मात्र जोड दिन्छन् । अरूका कुरा सुन्दैनन् । उसलाई नीच वा भनौँ कमजोर देखाउन खोजिरहेको हुँदा पनि शिक्षकहरूले छोड्ने गर्दछन् ।

अर्को कारण के हो भने, नेतृत्वकर्तामा शिक्षकप्रति पूर्वाग्रह हुँदा पनि शिक्षकले यो पेसा छोड्ने गरिरहेका हुन्छन् । एउटा राम्रो शिक्षक स्कुल र विद्यार्थीहरूका लागि भनेर लागि परिरहेकाे हुन्छ तर अर्कोचाहिँ नेतृत्वकर्ताको मनपर्ने मान्छे हुँदा तर खासै उपलब्धिका काम नगरे पनि उसैलाई राम्रो मान्ने र अरूले जत्ति योगदान गरे पनि ओझेलमा पर्ने, वास्ता नगर्ने प्रवृत्तिले पनि शिक्षकहरूले छोड्छन् । जहाँ सम्मान गरिँदैन, त्यहाँ काम गर्नुको कुनै अर्थ पनि रहँदैन, भन्दै कतिपयले ती स्कुलमा पढाउन छोड्छन् ।

कतिपय नेतृत्वकर्तालाई आफ्ना स्टाफहरूसँग बोल्न आउँदैन । झर्केर बोल्छन् । आफ्नै कुरालाई मात्र जोड दिन्छन् । अरूका कुरा सुन्दैनन् । उसलाई नीच वा भनौँ कमजोर देखाउन खोजिरहेको हुँदा पनि शिक्षकहरूले छोड्ने गर्दछन् ।

फेरि शिक्षक भन्नेबित्तिकै उसलाई सबै कुरा आउँछ भन्ने पनि हुँदैन । एउटा शिक्षक, राम्रो शिक्षक हुनका लागि विभिन्न तालिम र अवसरहरू चाहिन्छ । आफ्ना स्टाफहरूबाट राम्रो नतिजाको आशा राखिएका हुन्छन् र यो गर, त्यो गर, यो नगर, त्यो नगर । यसपाली विद्यार्थीले राम्रो नतिजा ल्याएन भने राम्रो हुँदैन भनेर धम्की दिइरहेका हुन्छन् तर आफ्ना स्टाफहरूका क्षमतालाई विकास गर्न नयाँनयाँ कुराको ज्ञान दिलाउन भने कन्जुस्याइँ गरिरहेका हुन्छन् । शिक्षकलाई तालिम दिनु भनेका खर्च हो भनेर ठान्छन् तर त्यो लगानी हो भन्ने कुरा बुझ्दैनन् तबसम्म के राम्रो कुराको अपेक्षा गर्ने शिक्षकबाट । त्यो पनि नेतृत्व गर्नेले बुझ्नुपर्ने कुरा हो ।

कक्षाकोठामा विभिन्न सामग्रीहरू लगेर पढाउनुपर्ने हुन्छ । त्यसमा पनि स्कुलले लगानी नगर्दा एउटा शिक्षकले राम्ररी पढाउन सकिरहेकाे हुँदैन । राम्ररी पढाउन पाएन भने कसरी राम्रो नतिजा आउँछ ? हरेक स्टाफ मिटिङमा नयाँनयाँ नीतिनियम ल्याउने, शिक्षकलाई जिम्मेवारी दिने तर ठोस नीतिनियमको दीर्घकालीन पालना नहुँदा तथा दिनानुदिन अनावश्यक जिम्मेवारी थपिँदा शिक्षकहरूले काम छोड्छन् र अभाव सृर्जना हुन्छ ।

जब स्कुल, कलेजको वातावरण घिनलाग्दो हुन्छ भने त्यहाँ कसरी शिक्षणसिकाइ प्रभावकारी हुनसक्छ । भन्न खोजेको के हो भने, जब काम गर्ने वातावरण सुरक्षित छैन, ग्रुप्रिज्म हुन्छ, काम गरिरहेका शिक्षकहरूलाई अनेक बहानामा हेप्ने, होच्याउने काम गरिन्छ, नराम्रो राजनीति खेलिन्छ, तब पनि शिक्षक अभाव हुने गर्दछ किनकि कुनै पनि असल शिक्षकलाई त्यस्तो वातावरणमा काम गर्न मन लाग्दैन ।

कक्षाकोठामा विभिन्न सामग्रीहरू लगेर पढाउनुपर्ने हुन्छ । त्यसमा पनि स्कुलले लगानी नगर्दा एउटा शिक्षकले राम्ररी पढाउन सकिरहेकाे हुँदैन । राम्ररी पढाउन पाएन भने कसरी राम्रो नतिजा आउँछ ?

अर्को कारण आफ्नो परिश्रमको राम्रो तलब नपाउँदाखेरि पनि हो । थोरै तलबमा धेरै जिम्मेवारी दिन्छन् कतिपय स्कुलहरूले । फेरि ती स्कुललाई कम्तीमा पनि पढाउने विषयमा स्नातक गरेका शिक्षक चाहिने, यतिउति वर्षको काम गरेको पनि अनुभव चाहिने र तलब चाहिँ १०-१२ हजार मात्र दिने, अब भन्नुस् त्यति वर्ष लगाएर मास्टर्ससम्म पढेका व्यक्तिलाई त्यति थोरै तलब दिने हो र ? उसको लगानी र पढाइको पनि सम्मान गर्दै न्यूनतम तलब ३०-३५ हजार सम्म दिनुपर्छ र पछि काम र अनुभवको आधारमा बढाउँदै लैजानुपर्छ । नत्र ‘काम गर्ने कालु, मकै खाने भालु’ भन्दै केही समयपछि ती शिक्षकले आफ्नो क्षमताको कदर भएन भनेर छोड्ने गर्छन् । र अर्को मुख्य कारण भनेको स्कुलमा जात, लिङ्ग र उसको रूपरोगनलाई लिएर टीकाटिप्पणी र अवसरबाट बञ्चित गरिँदा पनि कतिपयले आफ्नो शिक्षण पेसा छोडिरहेका हुन्छन् ।

शिक्षक अभाव भएको होइन । सिस्टम र नेतृत्व लिनेहरू दिनप्रतिदिन अनुत्तीर्ण हुँदा अभाव सिर्जना भएको हो । र अर्को कुरा के पनि हो भने सरकारी स्कुलहरूमा पढाउन शिक्षण लाइसेन्स लिनुपर्ने कारण र त्यसको लागि शिक्षण विषय नै लिएर पढ्नुपर्ने बाध्यताले गर्दा पनि अरू विषय पढेका कतिपयले शिक्षण पेसा अँगाल्न सकिरहेका हुँदैनन् । धन्न त्यस्तो निजी स्कुलमा छैन तर सरकारी स्कुलमा काम गर्ने चाहना भएका हामी जस्ता शिक्षकलाई पनि सरकारले वैकल्पिक अवधारणा अपनाएर नयाँ पिँढीका पुस्तालाई शिक्षा क्षेत्रमा काम गर्न आकर्षित गर्नुपर्छ । म पनि लाइसेन्स प्राप्त शिक्षक होइन तर विगत ५ वर्ष देखि शिक्षण पेसामा काम गरिरहेको छु । देशको विभिन्न ठाउँहरूमा गएर केही गर्छु भन्ने अठोटका साथ लागिपरेको छु । म जस्ता हजारौँ शिक्षकहरूका लागि पनि सरकार र नीतिनिर्माणमा बस्नुभएकाहरूले हाम्रो हित र समाज अनि राष्ट्रको उत्थानका लागि सोचेमा हामीले अझै राम्रो गर्न सक्नेछौँ र हाम्रो करियर पनि सुरक्षित हुने थियो र शिक्षकहरूको अभाव बिस्तारै हुन छाडेको कथाहरू सुन्ने दिनहरू आउन थाल्थ्यो ।

मोइन उद्दिन टिच फर नेपालको अलुम्नाई हुन् । उनी हाल अक्सफाेर्ड सेकेन्डरी स्कुल नवलपुरमा अध्यापन गर्छन् ।

माेइन उद्दिनबाट थपः

घाेकाउने हाेइन सिकाउने शिक्षक बन्न चाहन्छु

घाेकाउने हाेइन सिकाउने शिक्षक बन्न चाहन्छु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *