कालोमोसो दल्नेलाई कारबाही नगरे आन्दोलन गर्ने चेतावनी

धनगढी । कैलालीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले सहायक वन अधिकृतलाई कालोमोसो दलेको घटनामा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै कर्मचारी सम्बद्ध विभिन्न संघ–संगठनहरुले कारबाहीको माग गरेका छन् ।

जिल्लाको पचमुडिया सब–डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई नेकपाका कार्यकर्र्ताले सोमबार कालोमोसो दलेको थियो ।

विभिन्न ९ वटा कर्मचारी संगठनहरुले उक्त घट्नामा संलग्न व्यक्तिलार्ई कारबाहीको माग गर्दै मंगलबार प्रमुख जिल्ला अधिकासी किरण थापालाई ज्ञापन पत्र बुझाएका छन् ।

गैह्रकानुनी, अमानवीय र घृणित कार्यको हामी घोर निन्दा गर्दै दोषीलाई कडा कानुनी कारबाहीका लागि सरकारसंग जोडदार माग गर्दछौं विज्ञप्तिमा भनिएको छ ।

दोषीलाई कानुनी कारबाहीको नल्याएमा थप आन्दोलनका कार्यक्रमसहित अगाडि बढ्ने निजामती कर्मचारीहरुको आधिकारी ट्रेड युनियन कैलालीका अध्यक्ष बिमल जोशीले चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *