आइपीएलमा सन्दीपको ‘आधार मुल्य’ ४० लाख भारु, क्रिस गेलले नामै लेखाएनन्

काठमाडौँ । इन्डियन प्रिमियर लिग २०२२ का लागि हुने मेगा अक्सनमा नेपालबाट कप्तान सन्दीप लामिछाने मात्र सर्ट लिस्टमा परेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई)ले मंगलबार १ हजार २ सय १४ मध्ये ५ सय ९० खेलाडीलाई सर्ट लिस्ट गर्दा नेपालबाट सन्दीप मात्र परेका हुन् । यसअघिको सूचीमा नेपालका १५ जना खेलाडी परेका थिए । नेपालबाट सन्दीप बाहेक आसिफ शेख,  पवन सरार्फ,  सन्दीप जोरा,  कुशल भुर्तेल,  रोहित कुमार पौडेल,  सुशान भारी,  आरिफ शेख,  अभिनाश बोहरा,  विनोद भण्डारी,  शरद भेषावकर,  कुशल मल्ल,  करण केसी,  सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएका थिए।

सर्ट लिस्टमा परेका सन्दीपले आफ्नो बेस प्राइस ४० लाख भारु राखेका छन् ।

२०१८ पछि पहिलोपटक हुन लागेको मेगा अक्सन १२ र १३ फेब्रुअरीमा बैंगलोरमा हुँदैछ। जसमा ३७० जना भारतीय र २२० विदेशी खेलाडी लाई क्लबले अनुबन्धका लागि मूल्य बोलकबोल गर्नेछन्। मेगा अक्शनमा १० टीम सहित ७ एसोसिएटेड देशका खेलाडीले पनि हुनेछन् ।

कुन देशबाट कति खेलाडी

भारत: ३७०

अस्ट्रेलिया: ४७

वेस्टइन्डिज: ३४

दक्षिण अफ्रिका: ३३

इंग्ल्यान्ड: २४

न्युजिल्यान्ड: २४

श्रीलंका: २३

अफगानिस्तान: १७

बंगलादेश र आयरल्यान्ड: ५-५

नामिबिया: ३

स्कटल्यान्ड: २

नेपाल, जिम्बाब्वे र युएसए: १-१

स्टार खेलाडी जसले नाम टिपाएनन्

यो वर्षको आईपिएलमा अब केही स्टार खेलाडी देखिने छैनन् । अक्सनमा नाम नटिपाएपछि उनीहरुको छनोट संभावना नै टरेको हो। वेस्टइन्डिजका क्रिश गेल अस्ट्रेलियाका मिचेल स्टार्क, इंग्ल्यान्डका सेम करन, बेन स्टोक्स, जोफ्रा आर्चर, जो रुट, क्रिस वोक्स लगायत खेलाडीले अक्सनका लागि नाम टिपाएनन् ।

२ करोड बेस प्राइसमा ४८ खेलाडीले नाम टिपाएका छन्। जहाँ २० खेलाडीले १.५ करोडको बेस प्राइसा राखेका छन्। त्यस्तै १ करोड बेस प्राइस राख्नने खेला८ ३४ जना रहेका छन्।

२ करोड बेस प्राइस राख्ने खेलाडी

भारतबाट २ करोड बेस प्राइस राख्ने खेलाडीमा रविचन्द्रन आश्विन, श्रेयस अय्यर, शिखर धवन, इशान किशन र सुरेश रैना रहेका छन्। त्यस्तै विदेशी खेलाडीमा डेभिड वार्नर, कागिसो रबाडा, ड्वेन ब्रावो, प्याट कमिन्स, एडम जम्पा, स्टीव स्मिथ शाकिब अल हसन, मार्क वुड, ट्रेन्ट बोल्ट, फाफ डु प्लेसीस रहेका छन् ।

३३ खेलाडीको रिटेन

जारी आइपिएलमा ३३ खेलाडी रिटेन भएका छन् । यो पटक आईपीएलमा कुल १० टीम सहभागि हुनेछन् । दुई नयाँ टीमले ६ खेलाडीलाई अनुबन्ध गर्दा केएल राहुल सर्वाधिक मँहगो मुल्यमा लखनउमा आवद्ध भएका छन् । उनले १७ करोड भारतिय रुपौंयामा आफुलाई आवद्ध गरेका छन् । १० टीमले ३३ खेलाडीका लागि कुल ३३८ करोड भारतीय रुपैंया खर्च गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *