एमसीसीकै कारण सत्ताधारी गठबन्धन टुट्ने अवस्थामा पुग्याे

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) नेता सिपी गजुरेलले सताधारी गठबन्धन टुट्ने अवस्थामा पुगेकाे बताएका छन् ।

उनले एमसीसीका कारण गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका हुन् । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले बुधबार कुपण्डेलमा आयोजना गरेको पुनर्मिलन कार्यक्रममा नेता गजुरेलले एमसीसीका कारण सत्तारूढ गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेको बताएका हुन् ।

कार्यक्रममा उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अंग असफल भइसकेको दाबी गर्दै मुलुकको अर्थतन्त्र समेत ‘कोल्याप्स’ हुने अवस्था पुगेको बताए ।

उल्लेख गर्दै यो संकटबाट मुलुकलाई निकास दिन कम्युनिष्ट क्रान्तिकारीहरू सहकार्य गर्नुकाे विकल्प नरहेकाे उनकाे भनाइ थियाे । त्यस्तै उनले, प्रचण्ड र विप्लवलाई दक्षिणपन्थी अवसरवादी भएकाे बताउँदै उनीहरूसँग एकताकाे कुनै सम्भावना नरहेकाे बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *