ललितपुरमा हत्या गरिएको शव बरामद, मोरङ घटनासँग सम्बन्धित

काठमाडौँ । ललितपुरको धापाखेलमा गाडिएको अवस्थामा एउटा शव बरामद भएको छ । ललितपुरको गोदावरी नगरपालिका–१२ धापाखेलमा खाल्डो खनेर पुरिएको अवस्थामा शव भेटिएको हो । मोरङमा दुई जनाको शव भेटिएकोबारे थप अनुसन्धान गरिरहेको अवस्थामा ललितपुरमा पनि शव बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी वसन्तबहादुर कुँवरले जानकारी गराए ।

बरामद शव तेह्रथुमका मोहन लिम्बुको भएको आशंका प्रहरीले गरेको छ । घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका सिरहाका अनिलकुमार मण्डलको बयानका आधारमा प्रहरी टोलीले शव बरामद गरेको बताइएको छ ।

धापाखेलका प्रमिश थापा मगरको घर पछाडि खाल्डो खनेर गाडिएको अवस्थामा शव बरामद भएपछि थप अनुसन्धान भइरहेको र घटनास्थलमा महानगरीय अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालय ललितपुर लगायतको प्रहरी टोली पुगेको छ ।

यसअघि १२ माघमा मोरङको धनपालथान गाउँपालिका–७, कमलपुरको बस्तीनजिक उखुबारीमा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएको थियो । दुवै जना व्यवसायी भएको खुलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *