प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार
मकालु खबर
२०७८ माघ २३ गते
विराटनगर । प्रदेश १ सरकारले आज मन्त्रिपरिषद् विस्तार गरेकाे छ ।
मुख्यमन्त्री राजेन्द्र कुमार राईको नेतृत्वमा रहेको सरकारले औपचारिक रूपमा मन्त्रालय विभाजन गर्दै मन्त्रिपरिषद् विस्तार गरेकाे हाे ।
गठबन्धन दलहरूबीच भागबन्डा मिलाउनका लागि मुख्यमन्त्री राईले हालको सात सदस्यीय मन्त्रिपरिषद्लाई बढाएर १४ सदस्यीय बनाएका हुन् । आज बिहान ११ बजे मन्त्रीहरूले प्रदेश प्रमुख समक्ष पद तथा गाेपनियताकाे सपथ लिएका हुन् ।
काेराेना महामारीका कारण सीमित व्यक्तिहरूको उपस्थितिमा सपथ ग्रहण कार्यक्रम समपन्न भएकाे प्रदेश प्रमुखकाे कार्यालयले जनाएको छ ।
यस्ताे बन्याे नयाँ मन्त्रिपरिषद्ः
मकालु खबर
२०७८ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित