कर्णालीमा मुर्ति चोरीमा जेल परेका लामासहित पाँचजना मन्त्री बन्दै

शपथ साझ ७ बजे हुने

सुर्खेत । कर्णाली प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भएको तीन महिनापछि आज (आइतबार) कर्णाली सरकारले पूर्णता पाउने भएको छ ।

लामो समयमसम्म गठबन्धनभित्र मन्त्रालय भागवण्डा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेको थिएन । अन्ततः मन्त्रालय भागवण्डामा गठबन्धनभित्रै खटनपटन भएपछि केन्द्रीय पार्टीको निर्णयअनुसार कर्णाली सरकारले पूर्णता पाउँने भएको हो ।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आजै सरकारलाई पूर्णता दिन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसबाट आएका सांसदका नाम मन्त्रीका लागि सिफारिस गरिएको र साँझ ७ बजेसम्म शपथ खुवाउँने तयारी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

यि हुन् मन्त्रीका लागि सिफारिस अनुहारहरू

कर्णालीमा आठ सदस्यीय मन्त्रिपरिषद् रहेको छ । जसमा मुख्यमन्त्री र दुई मन्त्री यसअघि नै भइसकेका छन् भने अन्य पाँच मन्त्रीको लागि सिफारिस गरिएको हो । जसमा माओवादी केन्दले दुई, कांग्रेसले दुई र एकीकृत समाजवादीले एक मन्त्रालय पाउने भएका छन् ।

यसअघि कांग्रेसबाट मुख्यमन्त्री शाहीसहित माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र एकीकृत समाजवादीबाट भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन् ।

मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार मन्त्रालयको बाँडफाँट टुंगो लागेपछि कांग्रेसबाट हिमबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा र यसअघि पनि मन्त्री बनेका यज्ञबहादुर बुढा क्षेत्रीलाई सामाजिक विकास मन्त्रीमा सिफारिस गरिएको छ ।

यस्तै माओवादीबाट गैर–संसाद कार्चेन लामालाई ऊर्जा तथा जलस्रोत र गणेशप्रसाद सिंहलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सिफारिस गरिएको छ ।

समाजवादीबाट मन्त्री बन्न लागेका पदम रोकायालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । यसअघि एकीकृत समाजवादीले तीन मन्त्रालय नछाड्ने अडान राखे पनि पुनः दुई मन्त्रालय लिन सहमत भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *