कर्णालीका नव नियुक्त पाँच मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णालीमा नव नियुक्त पाँच मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आइतवार कर्णाली प्रदेदेशका प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

जीवनबहादुर शाही कर्णालीको मुख्य मन्त्री बनेको करिब तीन महिना पछि आज सरकारले पूर्णता पाएको छ । लामो समयमसम्म गठबन्धनभित्र मन्त्रालय भागवण्डा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेको थिएन । अन्ततः मन्त्रालय भागवण्डामा गठबन्धनभित्रै खटनपटन भएपछि केन्द्रीय पार्टीको निर्णयअनुसार कर्णाली सरकारले पूर्णता पाएको हो ।

कर्णालीमा आठ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । जसमा मुख्यमन्त्री र दुई मन्त्री यसअघि नै भइसकेका छन् भने अन्य नेकपा (माओवादी केन्द्र)बाट दुई, नेपाली कांग्रेसबाट दुई र नेकपा एकीकृत समाजवादीबाट एक गरी पाँच जना थपिएका हुन् । यसअघि कांग्रेसबाट मुख्यमन्त्री शाहीसहित माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र एकीकृत समाजवादीबाट भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन् ।

कांग्रेसबाट हिमबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा र यसअघि पनि मन्त्री बनेका यज्ञबहादुर बुढा क्षेत्रीलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइएकको हो । यस्तै माओवादीबाट गैर–संसाद कार्चेन लामालाई ऊर्जा तथा जलस्रोत र गणेशप्रसाद सिंहलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको शपथ ग्रहण गरेको प्रदेश प्रमुखको कार्यलयले जनाएको छ ।

समाजवादीबाट पदम रोकायाले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको शपथ ग्रहण गरेका छन् । यसअघि एकीकृत समाजवादीले तीन मन्त्रालय नछाड्ने अडान राखे पनि पुनः दुई मन्त्रालयमा चित्त बुझाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *