वैशाख ३० मा स्थानीय निर्वाचन गर्ने सरकारकाे निर्णय
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७८ माघ २४ गते
![वैशाख ३० मा स्थानीय निर्वाचन गर्ने सरकारकाे निर्णय](https://www.makalukhabar.com/wp-content/uploads/2021/12/deuba-1.jpg)
काठमाडौँ । सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेकाे एक मन्त्रीले जानकारी दिए ।
निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर, सरकारले वैशाख ३० गते स्थानीय निर्वाचन भएकाे ५ वर्ष पुग्ने भएकाले साेही मितिमा निर्वाचन घाेषणा गरेकाे हाे ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७८ माघ २४ गते
प्रतिक्रिया
सम्बन्धित