काेराेनाबाट थप १३ जनाकाे मृत्यु, १,५७० संक्रमित
मकालु खबर
२०७८ माघ २४ गते
काठमाडौँ । पछिल्लो २४ घण्टामा काेराेनाबाट नेपालमा थप १३ जनाकाे मृत्यु भएकाे छ ।
यस्तै, साेही समयमा थप १,५७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
देशभर गरिएका ११ हजार ३६५ नमुना परीक्षणमध्ये ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४० हजार १११ सक्रिय संक्रमित रहेका छन् ।
मकालु खबर
२०७८ माघ २४ गते
प्रतिक्रिया