प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक, एमसीसी परेन
मकालु खबर
२०७८ माघ २५ गते
काठमाडौँ । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा थारू आयोगको प्रतिवेदन पेश गर्ने र संविधान सभा सदस्य जगत ताजपुरियाको निधनप्रति शोक प्रस्ताव पेश गर्ने रहेको छ ।
सचिवालयका अनुसार बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । यसअघि कोरोनाका कारण भन्दै पटक पटक सर्दै आएको प्रतिनिधिसभाको बैठक बुधवारका लागि बोलाइएको छ ।
प्रतिनिधिसभाकाे सम्भावित कार्यसूचीः
मकालु खबर
२०७८ माघ २५ गते
प्रतिक्रिया
सम्बन्धित