संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना
मकालु खबर
२०७८ माघ २५ गते
काठमाडौँ । श्वासप्रश्वासमा समस्या आएपछि संस्कृतिविद् डा. सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ । श्वासप्रश्वासमा समस्या आएपछि सोमबार राति १२ बजे ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना गरिएको हो ।
परिवारका सदस्य अजरमान जोशीका अनुसार सत्यमोहनको स्वास्थ्य अवस्था अहिले सामान्य छ । केही दिनदेखि खुट्टा सुन्निएको र अक्सिजन लेभल कम भएपछि अस्पताल भर्ना गरिएको उनले जानकारी गराए । डाक्टरहरुका अनुसार सत्यमोहनलाई अझै तीन/चार दिन अस्पतालमा राखेर उपचार गर्नुपर्ने छ ।
मकालु खबर
२०७८ माघ २५ गते
प्रतिक्रिया
सम्बन्धित