पूर्व प्रधान मन्त्री कोइरालाको सातौँ स्मृति दिवस आज

काठमाडाैँ । पूर्व प्रधान मन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइरालाको सातौँ स्मृति दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

प्रधान मन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै कोइरालाले पार्टीमा गरेको योगदान र संविधान निर्माणमा खेलेको नेतृत्वदायी भूमिका आफूहरूका लागि प्रेरणादायी हुने बताएका छन् ।

कोइरालाको निधन २०७२ साल माघ २६ गते राति महाराजगञ्जस्थित निवासमा भएको थियो । कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र भ्रातृ संस्थाले विभिन्न कार्यक्रम गरेर उनको योगदानको सम्झना गर्ने बताएका छन् ।

संविधानसभामार्फत नेपालको नयाँ संविधान निर्माणको अगुवाइ गरेका कोइराला निष्ठावान् र सादगी नेताको रूपमा चिनिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *