कमल थापा पक्षका नेताद्वारा राप्रपा त्याग्ने क्रम शुरू

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा निकट नेताहरूले पार्टी परित्याग गर्न थालेका छन् ।  बुधबार पूर्व अध्यक्ष थापा निकट मानिने पूर्व कोषाध्यक्ष उद्धव पौडेलले पनि पार्टीमा नरहने घोषणा गरेका छन् । पौडेलले बुधबार सामाजिक सञ्जालमार्फत पार्टी छाड्ने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘राप्रपालाई एकताबद्ध बनाउने मेरो भगीरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रूपमा अत्यन्तै दुखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अबिष्मरणिय रहेछ। आजै देखि राप्रपासँगको संलग्नता अन्त्य गरेको छु । सबैलाई शुभकामना सहित धन्यवाद व्यक्त गर्दै बिदा हुन्छु। जय होस् !’

पूर्वअध्यक्ष थापाले मंगलबार राप्रपा छाड्ने घोषणा गरेको थिए ।  उनी नयाँ दल दर्ता गर्ने तयारीमा रहेको बुझिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *