कामना सेवा विकास बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र राष्ट्रिय स्तरको “ख”वर्गको इजाजतपत्र प्राप्त कामना सेवा विकास बैंक लिमिटेड बीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समयदेखि सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ्ग सेवासुविधा पु¥याउँदै आएको मूलुकको बैकिङ्ग क्षेत्रको अग्रणी कामना सेवा विकास बैंक लिमिटेडको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।
यस सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड बीच एससीटी यूपीटी कार्ड, स्मार्ट क्यूआर, एससीटी एन पे जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुने बताइएको छ ।