डिसहोमले ल्यायो ६०० एमबीपीएस स्पीडको मेगा–फाइ इन्टरनेट
मकालु खबर
२०७८ माघ २७ गते
काठमाडौँ। डिशहोम फाइबरनेटले ६०० एमबीपीएस स्पीड भएको मेगा–फाइ इन्टरनेट उपलब्ध गराउने घोषणा गरेको छ ।
डिशहोमले हाइस्पीड इन्टरनेट प्रयोगकर्ताका लागि ३०० र ६०० एमबीपिएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको हो ।
नेपालमै पहिलो पटक लेटेस्ट वाइफाइ टेक्नोलोजीको वाइफाइ ६ राउटर र मेस नोडमार्फत् ग्राहकहरुले हाइस्पीड इन्टरनेट चलाउन सक्ने कम्पनीले जनाएको छ ।
डिशहाहेमले ल्याएको वाइफाइ ६ राउटर अहिले बजारमा पाइने राउटरभन्दा ४ गुणा छिटो स्पीडमा चल्ने कम्पनीको दाबी छ ।
यस वाइफाइ ६ राउटरमा इएआई (आर्टिफिसियल इन्टेलिजेन्स), गिगावाइट एक्सेस, डुअल–ब्यान्ड स्मार्ट स्टिरिङ, सिमलेस रोमिङ, मल्टी–लेभल प्रोटेक्सन, मोर कनेक्सन एण्ड मेश नेटवर्किङ जस्ता विशेषताहरु वाइफाइ ६ राउटरमा छन् ।
मकालु खबर
२०७८ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित