दाङको जुत्ता चप्पल गोदाममा भिषण आगलागी, ५ जनाको मृत्यु
मकालु खबर
२०७८ माघ २८ गते
काठमाडौँ । दाङको तुलसीपुरस्थित जुत्ता चप्पल गोदाममा भीषण आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका- ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा बिहीबार राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आगलागीमा परी ४ जना पुरुष र एक बालिकाको मृत्यु भएको पनि प्रहरीले बताएको छ । मृतकहरूको पहिचान भइसकेको छैन । इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।
शुक्रबार बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगलागी भइरहेको देखेका थिए । त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि झण्डै ५ घण्टापछि मात्र आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७८ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित