सुखद सुरुआतको दाउमा नेपाल

काठमाडौँ । आईसीसी टी-२० विश्वकप दोस्रो पटक खेल्ने लक्ष्य साथ ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले प्रतियोगिता अघि आजबाट सुरु हुने चारदेशीय शृङ्खला खेल्दैछ । शुक्रबार ओमानको अल अमेरात क्रिकेट मैदानमा पौने चार बजेबाट शुरु हुने खेलमा नेपालले घरेलु टोलीको सामना गर्न लागेको हो ।

नेपालसहित आयोजक ओमान, संयुक्त अरब इमिरेट्स (यूएई)र आरल्याण्ड सम्मिलित शृङ्खला नेपाली टिमका लागि आफ्नो कमजोरी सुधार्ने राम्रो अवसर बनेको छ । ओमानमा पहिलो पटक सन्दीप लामिछानेले कप्तानी गर्दा विवेक यादव, लोकेश बम र सागर ढकालले सिनियर टोलीबाट पहिलो पटक खेल्नेछन् ।

दुवै समूहका शीर्ष २ मा रहने टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल चरण पार गर्ने दुई टिम विश्वकप छनोटमा पुग्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *