सिरियाकाे ‘संस्कृत भाषी’ साम्राज्यसँग के छ आर्यहरूकाे सम्बन्ध ?

लगभग ३५ सय वर्षअघि पश्चिम एशियास्थित सिरियामा भू-मध्य सागरसम्म फैलिएकाे एउटा विशाल साम्राज्य थियाे । जसकाे नाम थियाे, मितन्नी ।

त्यहाँ केही समयअघि बोगाजकोई सभ्यताका अवशेषहरू भेटिएका थिए । ती अवशेष करिब १४ औँ शताब्दीका रहेकाे मानिन्छ । 

पुरातत्विक अवशेषहरू अनुसार मितन्नी राजवंशमा संस्कृत भाषाकाे प्रयाेग गरिन्थ्याे । त्यस्तै, यस सभ्यताका राजा रानीहरूकाे नाम हिन्दु परम्पराअनुसार हुने गरेकाे उल्लेख गरेको पाइन्छ । जस्तैः इन्द्र, दशरथ आर्त्ततम् आदि । 

यहाँ संस्कृत भाषा तथा वैदिक परम्परालाई भारतवर्षकाे उपलब्धि मानिएकाे आधुनिक सन्दर्भमा भारतवर्षका देशहरूभन्दा निकै पर संस्कृत भाषा कसरी पुग्याे भन्ने प्रश्न उब्जिन्छ । 

प्राचीन एनातोलियामा थियाे मितन्नी साम्राज्य

१५०० देखि १३०० ईसापूर्व सीरियाकाे उत्तर र दक्षिण-पूर्व अनातोलियामा मितन्नी साम्राज्य अवस्थित थियाे । यही अनातोलियाकाे हित्ती भाषामा आर्य शब्दकाे प्रयुक्ति पाइन्छ । 

त्यस्तै, आर्य नामकाे उल्लेख प्राचीन सीरियाकाे मितन्नी अभिलेख र इरानबाट प्राप्त कस्साइट अभिलेखहरूमा समेत पाइन्छ । प्रथमतः यहाँ आर्यहरूकाे र तत्पश्चात मितन्नी राजवंशकाे चर्चा गराैँ ।

सत्याग्रह स्क्राेलमा प्रकाशित रिपाेर्टअनुसार, आजभन्दा लगभग ३५०० वर्षअघि पश्चिम एशियास्थित युफ्रेटस र टिगरिस नदीकाे उपल्लाे इलाकामा मितन्नी राजवंशकाे शासन थियाे । हाल याे इलाका उत्तरी इराक, सिरिया र  दक्षिण-पूर्वी टर्कीकाे भू-भागका रूपमा रहेकाे छ ।  

मितन्नी साम्राज्यकाे सीमा भू-मध्य सागरकाे किनारतिर र उत्तरी अस्सिरिया तथा दक्षिण-पूर्वी मेसोपोटामियासम्मै रहेकाे मानिन्छ । हित्तीहरूकाे हित्ती साम्राज्यसँग जाेडिएकाे मितन्नी राज्यकाे उत्तर-पश्चिमी सीमा लगातारकाे हमलाकाे शिकार भइरहेकाे इतिहास पाइन्छ । यी हमलाहरू दुवै पक्षबीच शान्ति सन्धि नहुँदासम्म जारी रहने गरेकाे मानिन्छ ।  

१४०० ईसापूर्वकाे बोगाजकोई वा मितन्नी अभिलेखमा हित्ती राजा शुब्बिलिम्मा र मितन्नी राजा मतिऊअजाका बीच भएकाे शान्ति सन्धिकाे साक्षीका रूपमा वैदिक देवताहरू इन्द्र, मित्र, वरुण र नासत्यकाे वर्णन गरिएकाे छ । यद्यपि मितन्नी र र हित्ती एकापसमा निकै निकट रहेकाे मानिन्छ ।

राजवंशमा थिए संस्कृत नाम

यस राजवंशका प्रत्येक राजाकाे नाम संस्कृत भाषामा हुने गर्दथे । पुरुषहरूकाे नाम दुश्रत्त, सुवरदत्त, इन्द्रोता र सुबन्धु हुने गर्थ्याे । त्यस्तै, यस राज्यकाे राजधानीकाे नाम ‘वसुखनि’ समेत संस्कृत भाषामा थियाे । 

वर्तमान उत्तरी सिरियाकाे यही साम्राज्यमा ऋग्वैदिक संस्कृत का लिखित साक्ष्य (प्रमाण)हरू भेटिने गरेकाे मानिन्छ । 

मित्तानी राजवंशका राजाहरूकाे नाम कीर्त्य, सत्वर्ण, वरतर्ण, बरात्तर्ण, आर्ततम, सत्वर्ण, अर्थसुमेढ, तुष्यरथ या दशरथ, सत्वर्ण, मतिवाज, क्षत्रवर, वसुक्षत्र, क्षत्रवर रहेकाे इतिहास छ । 

मान्ने गरिन्छ, महाभारतपछि भारतवर्षबाट पलायन भई कयाैँ मानिसहरू यस क्षेत्रमा बसाेबास गर्न आइपुगेका थिए । त्यस्तै केही इतिहासकार भने प्राचीन याे क्षेत्र वेदकाे मैत्रायणीय शाखाकाे प्रतिनिधि भएकाे मान्छन् ।

त्यहाँसम्म कसरी पुग्याे वैदिक संस्कृत ?

वैदिक संस्कृतकाे संस्थापक भाषालाई प्रोटो-इन्डो-यूरोपियन भन्ने गरिन्छ । यसै भाषाको एउटा शाखा भाषाको रूपमा प्रोटो-इन्डो-इरानी भाषालाई लिइन्छ । त्यसकारण यस भाषालाई उत्तर-भारत र इरानका भाषाहरूकाे स्राेत मानिन्छ । यसप्रकार उत्तर भारतीय भाषा र इरानी भाषाहरूकाे उत्पत्ति यहीँबाट भएकाे भन्ने बुझिन्छ । 

यसका अलावा, वैदिक संस्कृत २००० ईसापूर्वभन्दा पहिले पनि अस्तित्वमा रहेकाे मानिन्छ । यस्ताेमा संस्कृतलाई हिन्द-आर्य भाषाका रूपमा लिन सकिन्छ । जुन भाराेपेली भाषा परिवारकै एउटा शाखाका रूपमा रहेकाे छ । आधुनिक भारतीय तथा नेपाली भाषाहरू हिन्दी, मराठी, सिन्धी, पञ्जाबी, नेपाली आदि संस्कृतबाट विकसित एवं तत्भवीकृत भाषाहरू हुन् ।

वैदिक संस्कृत भाषालाई आधुनिक संस्कृतकाे पूर्वज भाषा मानिन्छ । याे आदिम हिन्द-इरानी भाषाकाे अत्यन्तै निकट रहेकाे छ । त्यसैले वैदिक संस्कृत र प्राचीनतम् इरानकाे अवस्ता भाषा एकअर्कासँग निकट रहेकाे देख्न सकिन्छ । 

हिन्द-इरानी मूलसँग थियाे सम्बन्ध

मितन्नी राजा र तिनकाे राजधानीकाे नाम हिन्द-इरानी भाषामा थियाे । उदाहरणका लागि, तुरेट्टा हिन्द-इरानी तवेसा-रथाकाे एउटा रूप हाे । यसकाे अर्थ ‘रथकाे मालिक’ भन्ने हुन्छ । त्यस्तै, सत्वुअरा सतवरकै एउटा रूप हाे । जसकाे अर्थ ‘योद्धा’ भन्ने हुन्छ ।

उल्लेखनीय छ, मितन्नी साम्राज्य काे राजधानीकाे नाम वासुकानी वा वाशुकानी थियाे । यसकाे राजधानी सहर भने प्राचीन सिरियाकाे युफ्रेटस नदीकाे सहायक नदी हबूरकाे आसपास रहेकाे मानिन्छ । 

वाशुकानी कुर्दिस शब्द बाशकनीकाे समानार्थी हाे । यसमा रहेकाे बाशकाे अर्थ राम्राे भन्ने हुन्छ । त्यस्तै, कानीकाे अर्थ भने स्रोत भन्ने हुन्छ । त्यस्तै, वाशुकानीले संस्कृत शब्द वासुखानीजस्तै अर्थ प्रवाह गर्छ । जसकाे अर्थ मतलब. ‘धन काे खानी’ भन्ने हुन्छ । 

त्यस्तै, बेबिलोन्रियाका कासाइट शासकहरूकाे नाम पनि प्रोटो-इन्डो-इरानी देवताहरूकाे नाममै राखिएकाे पाइन्छ । कयाैँ मितन्नी शासकहरूकाे नाममा भने पुराना फारसी शब्दहरू अर्ता, आशा या अर्शासमेत राखिएकाे पाइन्छ । जसकाे अर्थ आदेश र सत्य भन्ने हुन्छ । अर्ताकाे अर्थ भने संस्कृतमा संस्कृतमा भने अर्ताकाे अर्थ रता भन्ने हुन्छ । 

पुरानाे फारसी अचेमेनिया नाम  र अवेस्ता भाषामा पनि अर्ता नामकाे प्रयाेग गरिन्थ्याे । ४५० ईसापूर्वका अर्ताखशास्सालाई यसकाे साक्ष्यका रूपमा लिन सकिन्छ । 

आर्यहरूसँग जाेडिएकाे छ संस्कृत ?  

विद्वानहरूका अुनसार सिरिया, बोगजकोई आदिका भाषाहरू वैदिक भाषाकै समान थिए । यस्ताेमा मान्न सकिन्छ कि, ती भाषाहरू समकालीन हुनसक्छन् । यद्यपि इरानी भाषालाई वैदिक भाषाभन्दा पुरानाे मान्ने गरिन्छ । 

आर्यहरूकाे सम्बन्धमा मान्न सकिन्छ कि बोगजकोईहरूसँग आर्यहरूकाे सम्बन्ध इरानबाट पछि हट्दै गर्दा रहेकाे हुनसक्छ । किनकि पामीरकाे एउटा पठारबाट आर्यहरू इरान र सिरियामा प्रवेश गरेका थिए । 

बेबिलोनमा कस्साइटहरूसँग भारतवर्षका आर्य देवताहरू, जस्तै सूरिअ, मरुत्तस, बुगुस, इन्द्रसकाे नाम मिल्दाेजुल्दाे रूपमा रहेकाे देख्न सकिन्छ । उनीहरूले १७६० ईसापूर्वमा बेबिलोनमा आफ्नाे राजवंश स्थापित गरेका थिए । 

यहाँ संस्कृत भाषाकाे एउटा विशेषताका रूपमा भाराेपेली भाषा परिवारमा परस्पर सम्बन्ध नराख्ने शब्दहरू संस्कृतसँग जाेडिएका पाइन्छन् । 

जस्ताे कि ट्यूटोनिक चुनिग, लिथुआनी ओजी, लातिनी उलुकुस, यूनानी पोलिस र अवेस्ता हैजाका लागि संस्कृतमा क्रमश: जनक, अज्ञ, उलुकस, पुरस व सहस्त्र शब्दहरू छन् । यसबाट याे आकलन गर्न सकिन्छ कि जुन ठाउँमा आर्यहरू रहे-बसे वा जुन प्रदेश आर्यहरूकाे थियाे, साे प्रदेश संस्कृतकाे पनि पनि मूल प्रदेशका रूपमा रहेकाे थियाे ।

मिस्रकाे फराहोसँग पनि थियाे सम्बन्ध 

जुन बेला बेबिलोन साम्राज्य पतनतर्फ अग्रसर थियाे, त्यही बेला मितन्नीहरू पनि आफ्नेा साम्राज्य विस्तारमा लागेका थिए । 

कमजाेर बेबिलाेनले केही हदसम्म मितन्नी साम्राज्यलाई राज्यविस्तारकाे माैका दियाे । वा याेपनि भन्न सकिन्छ, मितन्नी साम्राज्यकाे उदयले बेबिलाेनलाई कमजाेर पारिदियाे । परिणामतः हित्ती राजा मुर्सिली यूफ्रेट्स नदीकाे किनारैकिनार बेबिलाेनतर्फ बढे । फलस्वरूप १५९५ ईसापूर्वसम्म बेबिलोन्र पूरै ध्वस्त हुनपुग्याे । यद्यपि यसका ऐतिहासिक विवरणहरू भने अस्पष्ट छन् । 

१५०० ईसापूर्वसम्म मितन्नी राजा परात्तरणा एक महत्वपूर्ण शासकका रूपमा रहे । उनले सिरियाका महत्वपूर्ण सहर अलेप्पोमाथि समेत कब्जा गरे । यद्यपि यस दाैरान सिरियामाथि शासन गर्ने मितन्नी साम्राज्य एक्लाे शक्ति भने थिएन । 

मिस्रका राजा थुटमोस तृतीय वा फराहो तृतीय (१४७९-१४२५) ले पनि यस क्षेत्रमा कयाैँपटक आफ्नाे अधिपत्य कायम गर्ने काेसिस गरेका थिए । यस क्रममा उनले मितन्नी साम्राज्यसँगसमेत लडाइँ गर्नुपर्याे । ८औँ पटकसम्म लम्बिएकाे उनकाे याे अभिलाषा मितन्नी साम्राज्यकाे पराजयसँगै पूरा भयाे । याेसँगै मिस्रवासी यूफ्रेटस नदीकाे किनारसम्म पुगे । 

यस क्रममा मिस्र भू-मध्यसागरका अनेक बन्दरगाहहरूमा कब्जा गर्न सफल रहे । यद्यपि उनीहरूले सिरियालाई पूर्णतः हत्याउन सकेनन् ।

यस्ताेमा बाध्य भएर फराहो थुटमोस चतुर्थ (१४०१-१३९१) ले मितन्नी राजा अर्तातमा प्रथमसँग मित्रता कायम गर्नुपर्याे ।

संस्कृतसँग मिल्दाेजुल्दाे थियाे हुर्रियन भाषा 

१५ औँ शताब्दी ईसापूर्वसम्म दक्षिण-पूर्वी टर्की, पूर्वोत्तर सिरिया, उत्तरी इराक, र उत्तर-पश्चिम इरान, वर्तमानमा कुर्द आवादी रहेकाे क्षेत्रमा पनि मितन्नी राजाहरूकाे प्रत्यक्ष वा अप्रत्यक्ष नियन्त्रण रहेकाे मानिन्छ । 

यस क्षेत्रका मानिसहरू हुर्रियन भाषा बोल्दथे । याे भाषा भाराेपेली भाषा परिवारसँग सम्बन्धित भाषा हाेइन । यद्यपि प्रत्येक मितन्नी राजाहरूकाे भाषा हुर्रियन थिएन । र हुर्रियन बाेल्ने हरेक राजा मितन्नी पनि थिएनन् ।

तर्क याे पनि दिने गरिन्छ कि, मितन्नी वास्तवमा हुर्रियन बोल्ने राज्यहरूकाे संघ थियाे । यहाँका मानिसहरू हिन्द-इरानी भाषा बोल्दथे । जुन संस्कृतसँग मिल्दाेजुल्दाे थियाे । 

आकाश बर्माले राेर मिडियाका लागि हिन्दीमा लेखेकाे प्रस्तुत लेख नेपालीमा भावानुवाद गरिएकाे हाे । लेखमा सकेसम्म स्राेत कडीहरू जाेड्ने प्रयास गरिएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *