युएईद्वारा नेपाललाई १९३ रनको लक्ष्य
मकालु खबर
२०७८ माघ २९ गते
काठमाडौैँ। चार देशीय टी ट्वेन्टी क्रिकेटमा युएईले नेपाललाई १९३ रनको लक्ष्य दिएको छ । ओमानमा पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको हो ।
नेपालका बलरले कसिलो बलिङ गर्न नसक्दा युएईले गतिलो योगफल तयार पारेको हो । नेपालका साहब आलम, सन्दिप लामिछाने र आरिफ सेखले एक एक विकेट लिए ।
युएईका चिराग सुरीले नट आउट ८४ रन बनाए । उनले ५३ बलमा ५र५ चौका छक्क्का प्रहार गरे । पहिलो खेलमा नेपालले हिजो घरेलु टीम ओमानलाई ६ विकेटले हराएको थियो ।
मकालु खबर
२०७८ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित