प्रधान न्यायाधीशमाथि महाभियोग : के भन्छ एमाले ?
मकालु खबर
२०७८ फागुन १ गते
काठमाडौँ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद सचिवालयमा आइतबार दर्ता भएको महाभियोगलाई गम्भीर रूपमा लिएको एमालेले बताएको छ । प्रधान न्यायाधीशविरुद्ध महाभियोग ल्याउँदा सत्तारुढ गठबन्धनले एमालेसँग कुनै परामर्श नगरेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मकालुखबरलाई बताए ।
उनले भने, ‘महाभियोगबारे एमालेको धारणा बनिसकेको छैन । तर हामीसँग कुनै परामर्श नगरि महाअभियोग दर्ता गराइएकाले यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । भोलि ११ बजे यसबारे छलफल गर्न संसदीय दलको बैठक डाकेका छौँ । ‘
सम्बन्धित समाचार
प्रधान न्यायाधीश जबराविरूद्ध महाअभियोग प्रस्ताव दर्ता
प्रधान न्यायाधीश स्वतः निलम्बनमा, प्रस्ताव पारित हुन सत्तारुढ दलसँग पुग्दैन दुई तिहाइ
मकालु खबर
२०७८ फागुन १ गते
प्रतिक्रिया
सम्बन्धित