‘संवैधानिक प्रक्रियामार्फत् राणालाई हटाउन महाअभियाेग’
मकालु खबर
२०७८ फागुन १ गते
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणालाई संवैधानिक प्रक्रियामार्फत सर्वोच्च अदालतबाट हटाउन महाभियोग प्रस्ताव दर्ता गरिएको बताएका छन् ।
संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरिसकेपछि मन्त्री बडूले सर्वोच्चबाट प्रधान न्यायाधीश जबराको बिदाइ गर्न महाभियोग प्रस्ताव दर्ता गरिएको बताए ।
‘उहाँले संवैधानिक प्रक्रियाको सामना गर्छु भन्नुहुन्थ्यो । हामीले उहाँले राजीनामा दिएर न्यायालयको गरिमा जोगाउनुहुन्छ भन्ने सोचेका थियौँ । तर, उहाँले न्यायालयको गरिमालाई नै खस्काउने काम गर्नुभयो, त्यसैले संवैधानिक प्रक्रियामार्फत बिदा गर्न महाभियोग दर्ता गरेका हौँ’ मन्त्री बडूले भने ।
अब संसदीय प्रक्रियाबाटै यसको छिनोफानो हुने र अब न्यायालयमा देखिएको गतिरोध अन्त्य हुने उनले दाबी गरे ।
मकालु खबर
२०७८ फागुन १ गते
प्रतिक्रिया
सम्बन्धित