हराएको खाेपबारे यथार्थ सार्वजनिक गर्न युवा संघकाे माग

काठमाडाैँ । नेकपा एमाले निकट युवा संघ नेपालले हराएको भनिएको कोरोना विरुद्धको खोपको यथार्थ जानकारी माग गर्दै स्वास्थ्य सेवा विभागमा ज्ञापन पत्र बुझाएको छ ।

आइतवार विराेध प्रदर्शनका साथ टेकुस्थित विभाग पुगेका युवा संघ नेपालका नेता कार्यकर्ताले खोपका बारेमा जनतालाई जानकारी गराउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । ‘२४ लाख खोप खोइ ?’ अभियान अन्तर्गत स्वास्थ्य सेवा विभागसँग जानकारी माग गरिएको संघका प्रवक्ता महाराज गुरुङले जानकारी दिए ।

खोपको वितरण र खरिद प्रक्रियामा अनियमिमता भएको देखिएकोले संघले यस विषयमाा निरन्तरण आवाज उठाउने उनले बताए । उनले खोपमा भ्रष्टाचार गरेकालाई न्यायालयको कठाघरामा उभ्याउने जिकिर गरे ।

युवा संघको ज्ञापन पत्र बुझ्दै स्वास्थ्य सेवा विभागका अधिकारीले कुनै पनि खोप नहराएको दावी गर्दै विभिन्न पालिकाहरूमा मौज्दात रहेको र यथार्थ विवरण आउन बाँकी रहेको बताएका थिए । युवा संघले यसअघि खोप प्रक्रियामा अनियमितता भएको भन्दै स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *