जनयुद्ध दिवशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना
मकालु खबर
२०७८ फागुन १ गते
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)धनगढी उपमहानगरपालिका कमिटीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आइतबार २७ औँ जनयुद्ध दिवशको अवसरमा नगर कमटीले धनगढीको पार्कमोडमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
उक्त रक्तदान कार्यक्रममा ८४ जनाले रक्तदान गरेको नगर कमिटी सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख डिल्लीराज भट्टले जानकारी दिए । देश र जनताको लागि लड्दै गर्दा ज्यान गुमाएका सहिदहरुलाई सम्झनामा जनयुद्ध दिवशको अवशरमा रक्तदान कार्यक्रम गरिएको उनले बताए ।
उनले रगत अभावका कारण कसैको ज्यान नजाओस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको बताए । रक्तदान कार्यक्रममा भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरी, नेतृ शान्ति अधिकारी, प्रदेश कमिटी सदस्य हरि क्षेत्री, निर्मल शाह लगायतको उपस्थिती थियो ।
मकालु खबर
२०७८ फागुन १ गते
प्रतिक्रिया
सम्बन्धित