नेपालले आज आयरल्याण्डसँग खेल्दै

काठमाडौँ । ओमानमा जारी चार देशीय टी ट्वेन्टी क्रिकेट श्रृंखलाअन्तर्गत आज नेपालले आयरल्याण्डको सामना गर्दैछ । टी ट्वेन्टी विश्वकप छनोटको तयारीको रूपमा यो श्रृंखला भइरहेको हो ।

नेपालले आज श्रृंखलाको अन्तिम खेल खेल्न लागेको हो । पहिलो खेलमा ओमानलाई हराएको नेपाल दोस्रो खेलमा युएईसँग भने पराजित हुन पुगेको थियो । त्यस्तै आयरल्याण्डले पनि ओमानमाथि जित हात पार्दा युएईसँग नै पराजित भएको थियो ।

आयरल्याण्डसँग हुन लागेको खेल नेपाली समयअनुसार पौने ४ बजे शुरु हुनेछ । नेपालले अन्तिम पटक सन् २०१९ मा आयरल्याण्डसँग खेलेको थियो । उक्त खेलमा आयरल्याण्ड विजयी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *