आयरल्यान्डमाथि नेपाली बलर हाबी

काठमाडौँ । चार देशीय टी-ट्वेन्टी क्रिकेट शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले आयरल्यान्डसँग पहिले बलिङ गरिरहेको छ । ओमानमा टस जितेर पहिले बलिङ रोजेको नेपालले राम्रो शुरुवात गरेको छ । नेपाली बलरहरु आयरल्यान्डका बयटरमाथी हाबी भएका छन् । ६ ओभरको खेल सकिँदा ३५ रन जोड्न नेदरल्यान्डले ३ विकेट गुमाएको छ ।

नेपालका अभिनास बोहोरा, कमल सिंह ऐरी र जितेन्द्र मुखियाले एक एक विकेट लिएका छन् । आयरल्यान्डले २ रन मात्र बनाएको अवस्थामा पहिलो ओभरमै नेपालले पहिलो विकेट लिएको थियो । त्यसपछि २७ रनमा दोस्रो र ३१ रनमा तेस्रो विकेट लिएको हो ।

टी-ट्वेन्टी विश्वकप खेल्न ओमान पुगेको नेपालले त्यसअघि चार देशीय टी-ट्वेन्टी शृङ्खला खेलिरहेको हो । यसअघिका खेलमा नेपालले ओमानलाई हराएको थियो भने यूएईसँग पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *