शर्माको निधनप्रति प्रधान मन्त्रीद्वारा दुःख व्यक्त
मकालु खबर
२०७८ फागुन ३ गते
काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले साहित्यकार ताना शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् । शर्माको निधन भएको खबरले आफूलाई दुःख लागेको भन्दै प्रधान मन्त्री देउवाले शर्माप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् । शर्माको मंगलवार बिहान काठमाडाैँमा निधन भएको हो ।
वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको निधनको खबरले मलाई निकै दुःख लागेको छ । दिवंगत शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। pic.twitter.com/l3FQXVtwya
— Sher Bahadur Deuba (@SherBDeuba) February 15, 2022
मकालु खबर
२०७८ फागुन ३ गते
प्रतिक्रिया
सम्बन्धित