विश्वकप छनोट खेल्ने नेपाली टिमको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघले ओमानमा हुने आईसीसी टी-२० ग्लोबल क्वालिफायर खेल्ने नेपाली टिम घोषणा गरेको छ । मुख्य प्रशिक्षक पुबुदु दशानायके र छनोट समितिको परामर्शमा १४ सदस्यीय नेपाली टिम घोषणा गरिएको हो ।

१४ सदस्यीय टिममा कप्तान सन्दीप लामिछाने, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ सेख, आसिफ सेख, अविनाश बोहरा, जितेन्द्रकुमार मुखिया, कमल सिंह ऐरी, विवेक यादव, लोकेश बम, सागर ढकाल र गुल्सन झा रहेका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका गुल्सन टी-२० मा पहिलो पटक परेका हुन् । मुख्य प्रशिक्षक पुबुदुले वैकल्पिक खेलाडीमा कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरीलाई राखिका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *