सुदूरपश्चिम कृषि मन्त्रालयको गाडी तोडफोड
मकालु खबर
२०७८ फागुन ४ गते
धनगढी । नेपाल बन्द अवज्ञा गरेको भन्दै बन्दाकर्ताहरूले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड गरेका छन् । मन्त्रालयको ००१ झ ४०१ नम्बरको गाडीलाई बन्धकर्ताले बाँकेको कोहलपुरमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट धनगढी आउँदै गरेको सो गाडीलाई कोहलपुरमा बिहान ५ बजेको समयमा ढुङ्गा प्रहार भएको हो । प्रहरीका अनुसार ढुङ्गा प्रहारबाट गाडीको सिसा फुटेको छ ।
एमसीसीको विरोधमा बुधबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत विभिन्न ६ कम्युनिस्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेका छन् । देशभर बन्दको आंशिक प्रभाव परेको छ ।
मकालु खबर
२०७८ फागुन ४ गते
प्रतिक्रिया
सम्बन्धित