टी-२० वरियतामा दिपेन्द्र ५२ औं स्थानमा

काठमाडौँ । नेपाली अलराउन्डर दिपेन्द्र सिंह ऐरी टी-२० ब्याटिङतर्फको वरियतामा ५२ औं स्थानमा रहन सफल भएका छन् । बुधबार आईसीसीले सार्वजानिक गरेको वरियतामा दिपेन्द्रले कुशल भुर्तेललाई पछि पार्दै नेपाली खेलाडीमा सर्वाधिक उच्च वरियता हासिल गरे ।

ब्याटिङ वरियतामा शीर्ष स्थानमा भने पाकिस्तानका बाबजर अजाम रहेका छन् । त्यस्तै दोस्रो स्थानमा पनि पाकिस्तानकै मोहम्मद रिजवान रहेका छन् ।

आईसीसीले सार्वजानिक गरेको वरियतामा कुशल भुर्तेलको वरियता भने खस्किएको छ । भुर्तेल यसअघि ५५ औं स्थानमा थिए । अहिले भने उनी ६५ औ स्थानमा रहेका छन् । यसअघि कुशलनै नेपाली ब्याटिङ वरियताको सर्वाधिक माथिल्लो स्तरमा पुगेका थिए । त्यस्तै नेपालका सन्दीप लामिछाने बलर तर्फ ६३ औं स्थानमा रहन सफल भए ।

ओमानमा टी-२० विश्वकप छनोटका लागि पुगेको नेपालले त्यसअघि खेलेको चारदेशीय टी-२० सिरिजमा दिपेन्द्रले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले तीन खेलमा कुल १ सय ४२ रन बनाएका थिए । उनले पहिलो खेलमा ओमानसँग ७३ रनको नटआउट इनिङ खेल्दा युएइविरुद्ध  ४१ र आयरल्यान्डविरुद्ध २८ रनको इनिङ खेलेका थिए । उनले आयरल्यान्डविरुद्ध करिअरकै उत्कृष्ट बलिङ गर्दै चार विकेट समेत लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *