धौलागिरी लघुवित्तको आईपीओको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल

काठमाडौँ । धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणलाई निष्काशन गर्न लागेको ३ लाख ३१ हजार कित्ता शेयरको प्रत्याभूतिका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ ।

बुधबार सम्पन्न सो नियुक्ती सम्बन्धी सम्झौतापत्रमा धौलागिरी प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा र प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।

धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । प्रधान कार्यालय बागलुङ्ग जिल्लाको बागलुङ्ग नगरपालिका–२, श्रीनगर टोलमा रहेको छ।

संस्थाले २०७५ फागुन १ देखि वित्तीय कारोबार गर्दै आइरहेको छ । हाल यस संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४ हजार ५०० सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *