सत्ता गठबन्धनको ‘निर्णायक’ बैठक शुरू

काठमाडाैँ । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा शुरू भएको छ ।

अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसदबाट पास गराउने कुरामा तीव्र मतभेद भइरहेका बेला पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक केही बेरअघि शुरू भएको प्रधान मन्त्रीका प्रेस सल्लाहकार गाेविन्द्र परियारले जानकारी दिए ।

प्रधान मन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा एमसीसी संसदमा पेश गर्ने अडान लिएसँगै सत्तारूढ गठबन्धन संकटमा परेकाे छ । त्यसैले आजकाे बैठकलाई निर्णायक भनिएकाे छ ।

बैठकमा प्रधान मन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका वरिष्ठ नेता एवम् संयन्त्र संयोजक रामचन्द्र पौडेल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र जनमोर्चाकी सांसद दुर्गा पौडेल सहभागी रहेकाे परियारले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *