माओवादी एक्लै निर्वाचन लड्न सक्षम छ : केन्द्रीय सदस्य दिपशिखा
मकालु खबर
२०७८ फागुन ५ गते
कैलाली । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन माओवादी एक्लै लड्न सक्षम रहेको बताएका छन् । बिहीबार प्रेस सेन्टर कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले माओवादी पहिलो पार्टी हुनका लागि प्रतिस्पर्धामा रहेको बताए ।
उनले भने, ‘माओवादीलाई हेपेर, हेयिएर, तालमेल नभइकन चुनाव लड्न सक्दैन भन्ने ढंगले जसरी कुरा आएको म त्यसको जवाफ के दिन चाहन्छु भने माओवादी केन्द्र एक्लै लड्न तयार छ । पहिलो पार्टी हुनका निमित्त प्रतिस्पर्धामा छ ।’ उनले आगामी निर्वानमा माओवादी केनद्र पहिलो पार्टी बन्ने दावी समेत गरे ।
माओवादी युवा संगठन वाइसीएलका फ्याक्सन इन्चार्जसमेत रहेका उनले चुनावको तयारीका लागि वाइसीएल एक निर्वाचन क्षेत्र बराबर एक वाइसीएलको नीति बनाएर अभियान सञ्चालन गरिरहेको बताए ।
मकालु खबर
२०७८ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित