दुवै ओपनर आउट 

काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपाल ओमानसँग खेलिरहेको छ । ओमानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपाललाई सुरुवातमै झट्का लागेको छ ।

पहिलो ओभरमै ओपनर आशिफ शेखलाई ४ रनमा गुमाएको नेपालका अर्का ओपनर कुशल भुर्तेल पनि आउट भएका छन् । कुशल तेस्रो ओभरमा ५ रनमा आउट भए ।

६ रन हुँदा पहिलो विकेट गुमाएको नेपालले १२ रन हुँदा अर्को विकेट गुमाएको हो । दुवै विकेट ओमानका बिलाल खानले लिए ।  क्रिजमा ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरी छन् । चौथो ओभरको खेल सकिँदा नेपाल २ विकेट गुमाएर १९ रन बनाएको छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *