नेपालको तेस्रो विकेट पतन 

काठमाडौँ । टी–ट्वेन्टी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपाल ओमानसँग खेलिरहेको छ । ओमानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपाले खराब सुरुवात गरेको छ ।

पहिलो ओभरमा पहिलो र तेस्रो ओभरमा दोस्रो विकेट गुमाएको नेपालले तेस्रो विकेट पनि गुमाएको छ । तेस्रो विकेटका रूपमा ज्ञानेन्द्र मल्ल १५ रनमा आउट भए ।  उनले १५ बलमा २ छक्काको सहयोगमा १५ रन बनाए । दुवै ओपनर आशिफ शेख ४ र कुशल भुर्तेल ५ रनमा आउट भए ।

६ रन हुँदा पहिलो विकेट गुमाएको नेपालले १२ रन हुँदा अर्को विकेट गुमाएको हो । दुवै विकेट ओमानका बिलाल खानले लिए ।  क्रिजमा  दिपेन्द्रसिंह ऐरी र आरिफ शेख छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *