नेपालद्वारा ओमानलाई ११८ रनको लक्ष्य

काठमाडौँ । टी–ट्वेन्टी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ११८ रनको लक्ष्य दिएको छ ।

ओमानमा टर हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको हो ।

नेपालका लागि आरिफ शेखलले ३८, लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५ र दिपेन्द्रसिंह ऐरीले ११ रन बनाए । यस्तै कुशल भुर्तेलले ५ र आशिफ शेखले ४ रनको योगदान गरे । कप्तान सन्दीप लामिछाने १६ रनमा नटआउट रहे । सन्दीपले ७ बलमा एक चाैका र एक छक्कासहित १६ रन बनाए । ३७ बल खेलेका आरिफले २ चाैका प्रहार गरे ।

पहिलो ओभरदेखि नै विकेट गुमाउन थालेको नेपाल लगातारजसो विकेट पतनको शिकार भएको थियो । चारदेशीय शृङ्खलामा उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्रले पनि आझ भरपर्दो इनिङ खेल्न सकेनन् ।  ओमानका खवार अलीले ३ तथा बिलाल खानले २ विकेट लिए ।

केही दिन अघि भएको चारदेशीय शृङ्खलामा नेपाले ओमानलाई ६ विकेटले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *