ओमानको छैटौँ विकेट पतन

काठमाडौँ । टी–ट्वेन्टी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा ओमानलाई ११८ रनको लक्ष्य दिएको नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरेको छ । ओमानले ३६ रन जोड्न ६ विकेट गुमाएको छ ।

ओमानको छैटाै विकेट अबिनास बोहोराले लिएका छन्प । पहिलो ओभरदेखि नै विकेट लिएर ओमानमाथि दवाब शुरु गरेका नेपाली बलरले लगातारजसो विकेट लिइरहेका छन् । जितेन्द्र मुखिया, कमलसिंह ऐरी, कप्तान सन्दीप लामिछाने, अविनास बोहोरा र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिएका छन् ।

ओमानले १ रनमै पहिलो विकेट गुमाएको थियो भने ७ मा दोस्रो,  २४ मा तेस्रो, ३१ मा चाैथो, ३३ मा पाँचाै विकेट गुमाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *