एन आई सी एशियाको बचत खाताबाटै पाइन्छ २४ फाइदा, ८४ लाखसम्मको बीमा
काठमाडौँ । एन आई सी एशिया बैंकले हालसम्मकै उच्चतम सेवा सुविधा दिने गरी ल्याएको ‘सर्वश्रेष्ठ बचत खाता’ ग्राहकको आकर्षण उच्च देखिएको छ । धेरै सेवा सुविधाका कारण यो बचत योजनामा ग्राहकको आकर्षण उच्च देखिएको बैंकले जनाएको छ ।
बैंकले १ कात्तिकबाट सञ्चालनमा ल्याएको ‘सर्वश्रेष्ठ बचत खाता’मा ग्राहकले पाउने फाइदा पनि सर्वश्रेष्ठ नै रहेको बैंकले जनाएको छ । यो बचत खातामै बैंकले हाल ८.०३ प्रतिशतका दरले वार्षिक ब्याज पाइन्छ ।
पछिल्लो समय यस खातामा पाइने फाइदाहरु बैंकले थप गर्दै लगेको जनाएको छ । उक्त बचत खातामा कुल २४ ओटा सर्वश्रेष्ठ फाइदा रहेका छन् । यी मध्ये १८ किसिमका फाइदा भने अतुलनीय रहेको बैंकको दाबी छ ।
आम ग्राहक र बजारको सूक्ष्म अध्ययन विश्लेषण गरी बैंकले उक्त बचत खातालाई सुविधाले भरिपूर्ण बनाएको हो । सर्वश्रेष्ठ बचत खातामा पाइने सुविधालाई व्यापक थप गर्दै बैंकले अन्तर्गत धेरैजसो सेवाहरु बैंकले ५ वर्षका लागि निःशुल्क नै उपलब्ध गराउने जनाएको छ ।
के के छन् २४ फाइदा ?
बचत खातामै ४ जनालाई ५ वर्षसम्म कुल रू. ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा सुविधा प्रदान गर्ने व्यवस्था गरेको जनाएको छ ।
त्यस्तै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले कर्जा सम्बन्धी तीन वटा फाइदा पाउने छन् । यसअन्तर्ग कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यी बाहेक अन्य फाइदा ५ वर्षसम्मका लागि उपलब्ध गराराउने जनाएको छ । यसअन्तर्गत डेबिड कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड वार्षिक शुल्क, प्रिपेड डलर कार्ड, डिम्याट खाता एवं मेरो सेयर शुल्क, चेक क्लियरिङ आरटीजीएस, आईपीएस, सीपीएस, फण्ड ट्रान्सफर, लकर दस्तुर जस्ता सेवा ५ वर्षका लागि निःशुल्क गरेको छ ।
त्यस्तै, क्रेडिट कार्डको सीमा अधिकतम ५ लाख, क्रेडिट कार्ड जारी निःशुल्क, लकर मार्जिन ५ वर्षका लागि शतप्रतिशत मिनाहा, पोर्टफोलियो म्यानेजमेन्ट सेवा ५ वर्षका लागि ५० प्रतिशत छुटमा पाइने, ईकमर्स सुचारु गर्न निःशुल्क इकमर्सको वार्षिक शुल्क निःशुल्क, एटीउमबाट रकम झिक्न र मौज्दात जाँच्न ५ वर्षसम्म निशुल्क जस्ता सुविधा ल्याएको छ ।
त्यस्तै विदेशी मुद्रा सटहीमा २५ पैसा मात्रै प्रिमियम लिइने समेत बैंकले जनाएको छ ।
बैंकको बीमा सहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका ७ सय जना भन्दा बढी ग्राहकले ४ करोड ३० लाख रुपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेको समेत बैंकले जनाएको छ ।
यस्ता छन् एनआईसी एशिया सर्वश्रेष्ठ बचत खाताका फाइदाहरू(सूची)