टी-ट्वेन्टी विश्वकप छनोट

फिलिपिन्ससँग फराकिलो जितसहित सेमिफाइनल बलियो बनाउने प्रयासमा नेपाल

काठमाडाैँ । आईसीसी टी-ट्वेन्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दे छ । समूहकै कमजोर प्रतिद्वन्द्वीका रूपमा हेरिएको फिलिपिन्सविरुद्ध नेपाल राम्रो रनरेट सहितको जितको खोजीमा हुनेछ ।

नेपालले फिलिपिन्सलाई हराएर आजनै हुने अर्को खेलमा क्यानडाले ओमानलाई पराजित गरे । नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्ने छ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा ११:४५ बजे फिलिपिन्ससँग खेल्नेछ । फिलिपिन्ससँग नेपाल पहिलो पटक प्रतिस्पर्धा गर्दा धेरै अन्तर्राष्ट्रिय टी-ट्वेन्टीकाे कीर्तिमान आफ्नो नाममा पार्ने प्रयासमा समेत हुनेछ ।

क्यानडा र ओमानबिच पनि ११:४५ मानै प्रतिस्पर्धा हुँदै छ । नेपालले आफ्नो पहिलो खेलमा ओमानलाई पराजित गर्दै आत्मविश्वासी प्रदर्शन गरेको थियो । कम स्कोरको खेलमा पनि नेपालले ओमानलाई ३९ रनले हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको थियो ।

समूहमा नेपाल २ अंकका साथ दोस्रो स्थानमा छ । फिलिपिन्स भने पहिलो खेलमा क्यानडासँग ११८ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको थियो । समान २ अंक भएपनि क्यानडा नेट रनरेटमा राम्रो भएका कारण समूहको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा फिलिपिन्स क्यानडासँग पराजित भएको थियो ।

त्यस्तै नेपालले तेस्रो खेल क्यानडाविरुद्ध २१ फेब्रुअरीमा खेल्ने तालिका रहेको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोली दुवै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सेमिफाइनल खेलहरू फेब्रुअरी २२ तारिखमा हुनेछ । फाइनल भने फेब्रुअरी २४ तारिखमा हुनेछ। फाइनल प्रवेश गर्ने दुवै टोली अस्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी-ट्वेन्टी विश्वकपको लागि छनोट हुने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *